About us

img1

नेपालमा सामुदायिक रेडियोहरुको विकाश हुने क्रम संगसंगै मध्यपश्चिमाञ्चल क्षेत्रको को क्षेत्रिय सदरमुकाम सुर्खेतको वीरेन्द्ररनगरमा स्थानीय स्तरको संचार प्रतिको माग संगै सुर्खेत स्थानिय स्तरमा सुचना को पहुच पु¥याउने उद्देश्यका साथै नागरिकहरुलाई रचनात्मक तथा सृजनात्मक काममा लाग्न अभिप्रेरित गदै स्थानिय स्तरमा भएका सीप, क्षमता, अनुभव र दक्षता प्रस्फुटन गराउने मूख्य उद्देश्य राखि सुर्खेत जिल्ला प्रशासन कार्यालयमा मिति २०६० जेठ २८ बुलबुले संचार केन्द्रका नाममा स्थापित संस्था मिति २०६१ पौष ०७ मा समाज कल्याण परिषदमा आबद्ध भई संस्थागत उद्देश्य प्राप्तिका लागी मिति २०६० मंसिर २९ मा  बुलबुले संचार केन्द्रका नामबाट बुलबुले एफ.एम्. सञ्चालन गर्ने उद्देश्य राखि नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालयको इजाजत नं. ११८/६०/६१ रहेको छ । मिति २०६२ साल जेष्ठ २ गते देखि परिक्षण प्रशारण शुरुगरि २०६२ मंसिर २ गते देखि बुलबुले एफ.एम १०३ विन्दु ४ मेगाहर्ज मार्फत बिभन्न जानकारी मुलक , सुचना मुलक, चेतनमुलक, सन्देसमुलक र मोरञ्जनात्मक कार्यक्रमहरुका साथै समाचार बुलेटिन हरुकासाथ  आफ्नो नियमित प्रशारण शेवा सुरु गरेको हो । विभिन्न क्षेत्र तह र स्तरबाट  गरिएका हाम्रा सर्वेक्षेणहरुले मध्यपश्मिका सुर्खेत, बदिर्या, बाके, दैलेख, जाजरकोट, रुकुम, रोल्पा, सल्यान, दाङ , प्युठान   हुम्ला, जुम्ला, र  सुदूरपश्चिमका अछाम, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा लगायतका बिभिन्न स्थानहरुमा गरि १८ लाख भन्दा श्रोता माझ रहेको पाइएको छ । श्रोताको माग र चाहना अनुरुप नेपाल लगायत विश्वभरीनै पुग्न सकियोस भन्ने हेतुले २०७० साल बैशाख देखि बाट नै वेभसाइटमा पनि प्रवेश गरेका छौ ।