• आइतबार ७-५-२०७४/ Sunday 22-10-17
  • ०१:०१

On Air :

Up Next : धार्मिक कार्यक्रम

प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा सप्तकोशी र लक्ष्मणपुर बाँध पनि ||

५ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा सप्तकोशी सम्झौता र लक्ष्मणपुर बाँधबारे भारतीय पक्षसँग छलफल गर्ने भएका छन् । चौथो पटक प्रधानमन्त्री भएपछि देउवा पहिलोचोटि विदेश भ्रमणका रुपमा बुधबार भारतको पाँच दिने राजकीय भ्रमणमा जाँदैछन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रधानमन्त्री देउवाको भारत भ्रमण अनुमोदन गरेको छ । मन्त्रिपरिषद बैठकले कोशी, लक्ष्मणपुर लगायतका बाँधबाट भएका क्षति र नोक्सानीबारे भारतीय पक्षसँग छलफल गर्ने निर्णय गरेको छ । ‘कोशी बाँध बनाउँदा स्थानीय जनतालाई दिने भनेको ५० करोड भारत सरकारले दिएको छैन’ सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले भने, यसबारे कुरा हुन्छ ।’ भारतीय पक्षसँग पञ्चेश्वर जलविद्युत आयोजना, १९५० का सन्धी र सुपुदर्गी सन्धीका साथै नेपाल-भारत रेलवे बारेमा समेत छलफल हुने मन्त्री बस्नेतले बताए । भूकम्प पुनर्निर्माण प्राधिकरणलाई भारतले दिएको सहयोग नआएकाले प्रधानमन्त्री देउवाको भ्रमणका क्रममा भारतीय पक्षसँग यसबारेमा समेत छलफल गर्ने सरकारको निर्णय छ ||

प्रतिकृया दिनुहोस

प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा सप्तकोशी र लक्ष्मणपुर बाँध पनि ||

कठमाडौँ, भदाै ५ राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसदलाई व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थित भई संसदमा पेश भएको संविधान संशोधन

प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा सप्तकोशी र लक्ष्मणपुर बाँध पनि ||

जुम्ला ९ भदौ जिल्ला मालपोत कार्यालय जुम्लाले आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न शीर्षकबाट रु एक करोड सात लाख ८९ हजार राजस्व संकलन भएको छ ।  लिखत

प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा सप्तकोशी र लक्ष्मणपुर बाँध पनि ||

भीमदत्तनगर, ९ भदौ ।  कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार भएको सशस्त्र प्रहरी जवान हत्या प्रकरणमा दुई युवतीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ