• मंगलबार ३-५-२०७५/ Tuesday 19-06-18
  • ०७:४८

On Air : साझाखबर

Up Next : गीतसंगीत

सुर्खेतमा वाम गठबन्धनद्धारा क्लिन स्वीप


२५ मंसिर,सुर्खेत 
प्रदेश नं. ६ को प्रस्तावित राजधानी सुर्खेतमा नेपाली कांग्रेसको गढ भत्किएको छ । ०७० को संविधानसभा चुनावमा क्लिन स्वीप गरेर जिल्लालाई कांग्रेस गढका रुपमा चिनाएको कांग्रेस प्रदेश र प्रतिनिधिसभा चुनावमा भने सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारसँग पराजित भएको छ । यो सँगै वाम गठबन्धनले सुर्खेतमा क्लिन स्वीप गरेको छ । हाल प्रतिनिधिसभाका दुई र प्रदेशसभा सदस्यका चारवटै क्षेत्रमा एमाले र माओवादीका उम्मेदवारहरु विजयी भएका छन् । सुर्खेत क्षेत्र नं. १ मा हालसम्मका चुनावमा अपराजित पूर्व गृहमन्त्रीलाई एमाले जिल्ला अध्यक्ष ध्रुवकुमार शाहीले पराजित गरेका छन् । शाही ३६ हजार ७५९ मत ल्याए र विजयी भए । खड्काले ३३ हजार ३७७ मत मात्रै ल्याए ।
यस्तै प्रदेश (क) मा माओवादीका युवा नेता ठम्मर विष्टले कांग्रेस उपसभापति टेकबहादुर सिंहलाई १५ हजार ३५२ मत ल्याए र पराजित गरे । सिंहले १५ हजार १३२ मत ल्याए । प्रदेश (ख) मा एमालेका खड्क खत्रीले कांग्रेसका झकबहादुर डांगीलाई २१ हजार ६२१ मत ल्याएर पराजित गरे । डांगीले १७ हजार ७२८ मत ल्याए ।
यता प्रतिनिधिसभाको क्षेत्र नं. २ मा एमाले पूर्व जिल्ला अध्यक्ष नवराज रावतले पूर्व मन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानीलाई पराजित गरे । रावतले ३७ हजार ४४७ मत ल्याए भने थानीले २८ हजार ६४६ मत ल्याए । सोही निर्वाचन क्षेत्रको प्रदेश (क) मा पूर्व मन्त्री तथा एमालेका पििोलटव्यूरो सदस्य यामलाल कंडेलले कांग्रेस जिल्ला सभापति कमलराज रेग्मीलाई पराजित गरे । कंडेलले २१ हजार २८२ मत ल्याएर विजयी भए भने रेग्मीले १५ हजार ९४७ मत ल्याए । यता प्रदेशसभा (ख) मा पनि वाम गठबन्धनवाटै माओवादी केन्द्रका विन्दमान बिष्टले बहालवाला सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टलाई पराजित गरेका छन् ।

विन्दमानले १५ हजार ६४८ मत ल्याएर विजयी भएका हुन् भने कांग्रेसका पूर्व समापति समेत रहेका तप्तबहादुरले १२ हजार ४७७ मत मात्रै ल्याएर पराजित भए ।
 

प्रतिकृया दिनुहोस

देउवालाई मोदीको सुझाव- सबै पक्षसँग सम्वाद जारी राख्नोस्

८ भदौ, भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजका सबै

नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर, के छ समझदारीमा??

८ भदौ, भारत र नेपालबीच आठ वटा समझदारीमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आठ सम्झौतामा हस्ताक्षर भएको छ। जसमध्ये

देउवाले एउटा गल्ती सच्याए तर अर्को गरे

९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अझै तीन दिन बाँकी छ । तर, भ्रमणको निष्कर्ष निकाल्न सकिने गरी ४६ बुँदे संयुक्त वक्तव्य