• मंगलबार ३-५-२०७५/ Tuesday 19-06-18
  • ०७:५२

On Air : साझाखबर

Up Next : गीतसंगीत

समानुपातिकको मतगणना अन्तिम चरणमा

काठमाडौं, मंसिर २९ – यहि मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फको ७३ जिल्लाको मतगणना सकिएको निर्वाचन आयोग जनाएको छ ।

अब ४ जिल्लामा मतगणना भइरहेको छ । सुनसरीको क्षेत्र नं. २ र ३, सर्लाहीको क्षेत्र नं. २ र ३, सुर्खेतको क्षेत्र नं. १ र कैलालीको क्षेत्र नं. १ को मतगणना भइरहेको छ । पछिल्लो विवरण अनुसार अहिलेसम्म ८८ लाख ३५ हजार ८६८ मतगणना सम्पन्न भएको छ ।

प्राप्त मत परिणाम अनुसार नेकपा एमालेले २९ लाख ९७ हजार १३० मत, नेपाली कांग्रेसले २९ लाख ९ हजार २९३, नेकपा माओवादी केन्द्रले १२ लाख २ हजार ३२, संघीय समाजवादी फोरम, नेपालले ४ लाख २१ हजार ५२८, राष्ट्रिय जनता पार्टी, नेपालले ३ लाख ८३ हजार ७०६, विवेकशील साझा पार्टीले १ लाख ९९ हजार ५३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ८९ हजार २८०, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ८३ हजार १४३, नयाँ शक्ति पार्टी, नेपालले ७६ हजार १९४, नेपाल मजदुर किसान पार्टी ५२ हजार ६९३ र अन्य दलले ३ लाख २१ हजार ८१६ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

देउवालाई मोदीको सुझाव- सबै पक्षसँग सम्वाद जारी राख्नोस्

८ भदौ, भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजका सबै

नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर, के छ समझदारीमा??

८ भदौ, भारत र नेपालबीच आठ वटा समझदारीमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आठ सम्झौतामा हस्ताक्षर भएको छ। जसमध्ये

देउवाले एउटा गल्ती सच्याए तर अर्को गरे

९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अझै तीन दिन बाँकी छ । तर, भ्रमणको निष्कर्ष निकाल्न सकिने गरी ४६ बुँदे संयुक्त वक्तव्य