• आइतबार ९-१-२०७५/ Sunday 16-12-18
  • ११:५२

On Air :

Up Next :

कर्फ्यू हटेपछि कालिकोटको जनजीवन सामान्य बन्दै

 

पुस १० –कर्फ्यू हटेपछि कालिकोटको जनजीवन सामान्य बन्दै गएको छ । शुक्रबार प्रहरीको गोली लागेर सान्नीत्रिवेणी गाउँपालिका–४ का म्यादी प्रहरी विवेक ऐडीको ज्यान गएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू सोमबार बिहानदेखि हटाइएको हो । कर्फ्यू हटेपछि बजारमा किनमेल गर्नेको संख्या बढेको छ ।

ऐडीको ज्यान गएपछि म्यादी प्रहरी, मृत्तकका आफन्त र स्थानीय बासिन्दाले प्रदर्शन चर्काउँदा स्थानीय प्रशासनले शनिबार दिउँसो ४ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको थियो । यसैबिच घटनाको छानबिनका लागि गृहमन्त्रालयका सहसचिव मानबहादुर बिकको संयोजकत्वमा गठन भएको ४ सदस्यीय टोली कालिकोट पुगेको छ ।

टोलीले एक हप्ताभित्र घटनाको छानबिन गरीम सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको टोलीका संयोजक सहसचिव बिकले बताउनुभयो । छानबिन समिति र स्थानीय प्रशासनसँगको वार्तामा मृत्तकका आफन्तले तत्काल मन्त्रीपरिषदबाट १० लाख रुपैयाँ राहत दिने र दोषिलाई कारवाही गर्ने घोषणा नगरेसम्म शव नबुझ्ने बताउँदै आएका छन् । 

प्रतिकृया दिनुहोस

देउवालाई मोदीको सुझाव- सबै पक्षसँग सम्वाद जारी राख्नोस्

८ भदौ, भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजका सबै

नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर, के छ समझदारीमा??

८ भदौ, भारत र नेपालबीच आठ वटा समझदारीमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आठ सम्झौतामा हस्ताक्षर भएको छ। जसमध्ये

देउवाले एउटा गल्ती सच्याए तर अर्को गरे

९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अझै तीन दिन बाँकी छ । तर, भ्रमणको निष्कर्ष निकाल्न सकिने गरी ४६ बुँदे संयुक्त वक्तव्य