• बिहीबार १०-४-२०७४/ Thursday 18-01-18
  • ०९:१७

On Air : अजर अमर गितहरु

Up Next : समापन

सुर्खेतको दोस्रो पूर्णसरसफाइ उन्मुख गाउँ घोषणा


सुर्खेत,१४ पुस
सुर्खेत जिल्लाको सरसफाइ अभियानले तिव्रता लिइरहेको अवस्थामा सुर्खेत जिल्लाका विभिन्न गाउँहरु धमाधम पूर्ण सरसफाइ उन्मुख घोषणा हुने क्रम बढेको छ । यसैविच आज सिम्ता गाउँपालिका वडा नं ४ स्थित नाड टोललाइ पूर्णसरसफाइ उन्मुख टोलको रुपमा घोणणा गरिएको छ । वडा कार्यालयको आयोजना तथा सिम्ता गाउँपालिका र सुन्दर नेपाल संस्थाको सहयोगमा उक्त गाउँका ११० घरधुरीलाइ घोषणा गरिएको हो । पूर्ण सरसफाइका विभिन्न आधारभुत सुचकहरु पुरा गरी सरसफाइ र स्वच्छताको क्षेत्रमा नमुना गाउँको रुपमा समेत यो गाउँ रहेको छ । कार्यक्रममा सुन्दर नेपाल संस्थाका कार्यक्रम संयोजक गणेश वलीले सरसफाइ कहिल्यै नसकीने विषय भएको भन्दै सरसफाइमा आनीबानी परिवर्तनमा जोडदिनु पर्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष चन्द्राकला शाहीले महिलाको नेतृत्वमा संचालिन सरसफाइ अभियानले गाउँको मुहार फेरेकोले यसलाइ निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । सरसफाइ सभ्यताको प्रतिक भएकोले नेपाल सरकारको यो महाअभियानलाइ सवै मिलेर सफल बनाउनु पर्नेमा शाहीले जोड दिनुभयो । कार्यक्रममा सिम्ता गाउँपालिकाका एवं गाउँपालिका स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष कविन्द्र कुमार केसीले सुचना प्रविधिको विकास संगै सरसफाइका विभिन्न पक्षहरुमा समेत समयअनुसार परिवर्तन आइरहने भन्दै यसलाइ निरन्तरताको खाँचो औल्याउनुभयो । साथै उनले राम्रो सिम्ता निर्माणको महत्वपुर्ण सुचक समेत सरसफाइ र स्वच्छता भएको बताउनुभयो । कार्यक्रम कविन्द्र कुमार केसीको प्रमुख आथित्यता तथा वडा स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति एवं वडा अध्यक्ष भिम बहादुर रावतको अध्यक्षतामा सम्पन्न भएको हो । 
 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा सप्तकोशी र लक्ष्मणपुर बाँध पनि ||

५ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा सप्तकोशी सम्झौता र लक्ष्मणपुर बाँधबारे भारतीय पक्षसँग छलफल गर्ने भएका छन् ।

विपक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी

कठमाडौँ, भदाै ५ राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसदलाई व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थित भई संसदमा पेश भएको संविधान संशोधन

मालपोत कार्यालयद्वारा एक करोड राजस्व संकलन 

जुम्ला ९ भदौ जिल्ला मालपोत कार्यालय जुम्लाले आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न शीर्षकबाट रु एक करोड सात लाख ८९ हजार राजस्व संकलन भएको छ ।  लिखत