• बिहीबार ४-३-२०७५/ Thursday 19-07-18
  • ०३:५८

On Air :

Up Next : धार्मिक कार्यक्रम

माछापुच्छ्रेका २ वटा शाखा रहित सेवा सुर्खेतमा

सुर्खेत,२२ पुस
माछापुच्छ्रे बैंक लिमिटेडले सुर्खेतमा आज थप २ वटा शाखारहीत  बैङकीङ सेवा सुरु गरेको छ । बैंङकले विरेन्द्रनगर नगरपालीका २ को भुरेलीचोक र भेरीगंगा नगरपालीका ११ को रामघाटमा आफ्नो शाखारहीत सेवा शुरु  गरेको हो । स्थानीयलाई बैंङकिङ कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले शाखारहीत सेवा शुरु   गरेको उक्त बंैकका सुर्खेत शाखा  प्रबन्धक सन्तोष कुमार केसीले बताउनुभयो । स्थापना भएका सेवा केन्द्रहरुबाट खाता खोल्ने,डिपोजीट गर्ने,लोन कर्जा लिन सकीने,रेमीट्यान्स,एटीएम सुविधा का साथै १६ कम्पनीको पेमेन्ट पनी गर्न सकिने केशीले बताउनुभयो । आज एक कार्यक्रमका बिच विरेन्द्रनगर नगरपालीका २ का वडा अध्यक्ष बल बहादुर रोकायले शाखारहीत सेवाको उद्घाटन गर्नुभयो । यस्तैे  भेरीगंगा नगरपालीका ११ का वडाअध्यक्ष तिलकराम डांगीले भेरीगंगा ११ को शाखारहीत सेवाको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै दुवै वडा अध्यक्षहरुले बैंकको सेवा वडामा शुरु हुनु निकै राम्रो काम भएको बताउदै बैंकले आगामि दिनहरुमा अन्य सेवासुविधाहरु थप्दै जानुपर्ने बताउनु भयो । साथै बैंकिङ्ग सेवाबाट स्थानीयबासीले निकै राहात पाउनेमा बिश्वास समेत व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस

फस्टाउदै बिमा व्यवसाय

८ भदौ, गत आर्थिक वर्ष ०७३/७४ को अन्त्यसम्ममा निर्जीवन बिमा कम्पनीहरूले १५ लाख ९३ हजार ४ सय २७ बिमा योजना जारी गरेका छन् । यो संख्या अघिल्लो आवको सोही

रेमिट्यान्स वृद्धिदर घट्यो

काठमाडौं १२ भदौ,  बैदेशिक रोजगारमा जाने कामदारको संख्या घटेसँगै अर्थतन्त्रको मुख्य आधार रहेको रेमिट्यान्स आप्रवाहको वृद्धिदरमा गिरावट आएको छ ।

हुण्डी कारोबारीविरुद्ध चार अर्ब १४ करोडको विगो दाबीसहित मुद्दा दायर

१२ भदौ, काठमाडौं । हुण्डी कारोबारीविरुद्ध सर्वाधिक राशीको विगो दाबीसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान बिभागले चार