• आइतबार ९-१-२०७५/ Sunday 16-12-18
  • ११:३०

On Air :

Up Next :

जनप्रतिनिधि जिम्मेवार हुनुपर्छ : शाही


सुर्खेत,४ माघ
जनताले सरकार तथा शाशन संचालनगर्ने कार्याभार सुम्पिएका जनप्रतिनिधिहरु जनता भन्दा क्षमतावान र सिपालु बन्नुपर्नेमा सुर्खेत प्रतिनिधिसभा क्षेत्र नं. १ का सांसाद धु्रवकुमार शाहीले जोड दिनुभएको छ । जनताले शाशन संचालनको साँचो सुम्पेका जनप्रतिनिधिहरुले सैदान्तिक र व्यवाहारीक ज्ञान, क्षमता तथा दक्षताअभिबृद्धि गरी पाएको जिम्मेवारी सम्पन्नगर्नमा सक्षमबन्नुपर्ने बताउनुभएको छ ।  

सुर्खेतको चौकुने गाउँपालिकाले सम्पुर्ण पदाधिकारी तथाकर्मचारीहरुका लागि आयोजना गरेको दुइदिने स्थानिय सरकार कार्यसञ्चालन सम्वन्धी अभिमुखीकरण कार्यक्रमको उद्याटन समारोह मा शाहीले उक्त कुरा उल्लेख गर्नुभएको हो । शाहीले स्थानिय सरकारलाइ संविधानले धेरै अधिकारहरु प्रत्योजन गरेको भन्दै संविधानले दिएका अधिकारको प्रयोग गर्दा हचुवाको भरमा नभइ जानेर, बुझेर र सिकेर गर्नुपर्ने भन्दै सहि समयमा अभिमुखीकरणको आयोजना गरिएको बताउनु भएको छ ।  

चौकुने गाउँपालिकाको आयोजना तथा साझेदारी परियोजनाको आर्थिक सहयोग तथा सुन्दर नेपाल संस्थाको सहजिकरणमा कार्यक्रम संचालन भएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देलले नजानेर गरेको कामले भविष्यमा समस्या ल्याउने भन्दै कामगर्नु अघि धेरै कुरा बुझ्न आवश्यक हुने बताउनुभयो । कार्यक्रममा चौकुने गाउँपालिकाका अध्यक्षधिरबहादुर शाहीले स्थानिय सरकार संचालनगर्न ऐन, नियम र प्रकृया जान्नुपर्ने भएकाले यो कार्यक्रमआयोजनागरिएको बताउनुभएको छ  ।

स्थानियतहको निर्वाचन सकिएको सातमहिना पछि उनिहरुको कामकर्तव्य र अधिकार तथा स्थानिय सरकार कसरी संचालनगर्ने विषयमा अभिमुखीकरणमा प्रशिक्षकहरु अरुण रेग्मी तथा विष्णुदत्त गौतमले प्रशिक्षण दिनुहुनेछ । कार्यक्रममा जनप्रतिनिधि र कर्मचारी गरी करिब ७० जनाको सहभागिता रहने अभिमुखिकरण कार्यक्रमको समन्वय संस्था सुन्दर नेपालका कार्यकारी निर्देशक भुपेन्द्र कँडेलले जानकारी दिनुभएको छ ।। 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा सप्तकोशी र लक्ष्मणपुर बाँध पनि ||

५ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा सप्तकोशी सम्झौता र लक्ष्मणपुर बाँधबारे भारतीय पक्षसँग छलफल गर्ने भएका छन् ।

विपक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी

कठमाडौँ, भदाै ५ राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसदलाई व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थित भई संसदमा पेश भएको संविधान संशोधन

मालपोत कार्यालयद्वारा एक करोड राजस्व संकलन 

जुम्ला ९ भदौ जिल्ला मालपोत कार्यालय जुम्लाले आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न शीर्षकबाट रु एक करोड सात लाख ८९ हजार राजस्व संकलन भएको छ ।  लिखत