• मंगलबार ७-२७-२०७५/ Tuesday 13-11-18
  • १०:५९

On Air : बुलबुले फरमाईस्

Up Next : बुलबुले हालखबर

६ नम्बर प्रदेशका सांसदहरुको  सपथ 


सुर्खेत,माघ ७
प्रदेश नम्बर ६ का सांसदहरुले पद तथा गोपनियताको सपथ लिएका छन्  ।  सपथ ग्रहण समारोह बिहान ११ बजे तय गरिएपनि दिउसो १ बजे  मात्रै सपथ गृहण गरिएको हो ।  जिल्ला समन्वय समिति सुर्खेतको हलमा सपथ गृहण समारोह राखीएको थियो । एकैपटक ४० जनालाई सपथ खुवाउन नमिल्ने संबैधानीक प्रावधान भएकाले प्रदेश सांसदहरू मध्य जेष्ठ प्रदेश सदस्यलाई प्रदेश प्रमुख दुर्गाकेशर खनालले सपथ खुवाउनुभएको थियो  । उहाले कांग्रेस समानुपातिक सांसद हिमबहादुर शाहीलाई सपथ खुवाएपछि शाहीले अन्य सदस्यहरुलाई सपथ खुवाउनु भएको थियो । दैलेखको चामुण्डा विन्द्रासैनी घर भएका शाही कांग्रेसका समानुपातिक कोटाबाट सांसद बन्नुभएको हो  । त्यसअघि बिहान १० बजे प्रदेश प्रमुख दुर्गाकेशर खनालले क्षेत्रीय वन निर्देशनालयमा रहेको कार्यालयमा पदभार ग्रहण गर्नुभएको थियो । पदभार गृहण गर्दै खनालले प्रदेशको बिकासको लागी सबै जना एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । प्रदेश नम्बर ६ मा ४० जना सांसदहरु रहनु भएको छ । सरकारले प्रदेशको तत्काल कार्यसञ्चालनका लागि विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, रुपन्देही अर्थात् बुटवल, सुर्खेत र धनगढीलाई स्थान तोकेको छ । प्रदेशको राजधानी भने प्रदेशसभामा तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाइ बहुमतबाट आफैँले तोक्न सक्ने सवैधानिक व्यवस्था छ । नेपालको संविधानअनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट ३ सय ३० र समानुपातिक निर्वाचन प्रणालीतर्फबाट २ सय २० गरी कूल ५ सय ५० प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । प्रदेशसभाका ६० प्रतिशत सदस्य पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम र ४० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने व्यवस्था छ । प्रदेशसभाको कार्यकाल पाँच वर्षको हुनेछ । प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान र ३० दिनभित्र मुख्यमन्त्री नियुक्ति गर्नेछन् । निर्वाचन आयोगले यही माघ ३ गते प्रदेशसभा सदस्यको अन्तिम नतिजा प्रकाशन गरेको थियो । संविधानअनुसार प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्नुपर्ने छ । प्रदेश सभामुख वा उपसभामुखमध्ये एक महिला तथा फरक फरक दलको प्रतिनिधि हुनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त अवस्थामा प्रदेशसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्नेछ ।
 

प्रतिकृया दिनुहोस

देउवालाई मोदीको सुझाव- सबै पक्षसँग सम्वाद जारी राख्नोस्

८ भदौ, भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजका सबै

नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर, के छ समझदारीमा??

८ भदौ, भारत र नेपालबीच आठ वटा समझदारीमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आठ सम्झौतामा हस्ताक्षर भएको छ। जसमध्ये

देउवाले एउटा गल्ती सच्याए तर अर्को गरे

९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अझै तीन दिन बाँकी छ । तर, भ्रमणको निष्कर्ष निकाल्न सकिने गरी ४६ बुँदे संयुक्त वक्तव्य