• बिहीबार ४-३-२०७५/ Thursday 19-07-18
  • ०४:०३

On Air :

Up Next : धार्मिक कार्यक्रम

पदेश ६ :सबै पाटीले चुने संसदीय दलको नेता ,शाही मुख्यमन्त्री बन्ने पक्का

सुर्खेत ,२६ माघ
नेपाली कांग्रेस प्रदेश नं ६ संसदीय दलको नेतामा जिवन वहादुर शाही चयन हुनुभएको छ । सुर्खेतमा बसेको कांग्रेस संसदीय दलको बैठकले शाहीलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो । संसदीय दलको नेतामा निर्वा्चित भएसंगै नेता शाहीले ६ नम्बर प्रदेशको विकास र समृद्धिका लागि रचनात्मक रुपमा प्रदेश सभामा प्रस्तुत हुने बताउनुभयो । उहाले १२ लाख जनसंख्या र सबैभन्दा धेरै भूगोल भएको कर्णाली प्रदेशमा रहेको अभावलाई चिर्दै समृद्ध प्रदेश बनाउने अभियानमा लाग्ने बताउनुभयो । शाहीले प्रदेशसभामा कुनै दल ठूलो त कुनै दल सानो भएतापनि प्रदेश समृद्ध वनाउनका लागि चुनौती चिर्दै विकासमा अघि बढ्न सहमतिसाथ अघि वढ्ने वताउनुभयो । हुम्ला ख बाट विजयी भएका शाही प्रदेश ६ मा काँग्रेसबाट प्रत्यक्षतर्फ विजयी हुने एक्ला उम्मेदवार हुनुहुन्छ । शाहीले यसअघि पर्यटन र खानेपानी तथा सरसफाई मन्त्रालय सम्हालीसक्नु भएको छ  । संसदीय दलको नेतामा सर्वसम्मत भएका शाहीलाई प्रमाण पत्र हस्तान्त्रण गदै नेपाली काग्रेसका केन्द्रिय सदस्य हृदयराम थानीले विकासको निमार्ण र प्रदेश नं ६ को समृद्धिका लागि नेपाली काँग्रेसले पुर्णरुपमा सहयोग गर्ने वताउनुभयो । यसअघिनै नेकपा एमालेको संसदिय दलको नेतामा यामलाल कंडेल र माओबादी केन्द्रको संसदीइ दलको नेतामा महेन्द्र बहादुर शाही सर्वसम्मत रुपमा चयन भैसक्नु भएको छ । प्रदेश नम्बर ६ मा राप्रपाको तर्फ एकजना मात्रै सांसद हुनुहुन्छ । 

प्रतिकृया दिनुहोस

देउवालाई मोदीको सुझाव- सबै पक्षसँग सम्वाद जारी राख्नोस्

८ भदौ, भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजका सबै

नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर, के छ समझदारीमा??

८ भदौ, भारत र नेपालबीच आठ वटा समझदारीमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आठ सम्झौतामा हस्ताक्षर भएको छ। जसमध्ये

देउवाले एउटा गल्ती सच्याए तर अर्को गरे

९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अझै तीन दिन बाँकी छ । तर, भ्रमणको निष्कर्ष निकाल्न सकिने गरी ४६ बुँदे संयुक्त वक्तव्य