• बुधबार ६-१०-२०७५/ Wednesday 26-09-18
  • १२:४८

On Air :

Up Next : धार्मिक कार्यक्रम

केपी अाेली प्रधानमन्त्रीमा नियुक्त, ४ बजे शितल निवासमा सपथ लिने

काठमाडौं, फागुन ३ – एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले विहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए ।

Image may contain: 5 people, people smiling, people standing and suit

निर्वाचन आयोगले बुधबार राष्ट्रपतिलाई प्रतिनिधिसभा चुनावको अन्तिम नामावली बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो । राष्ट्रपतिबाट नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीले दिउसो ४ बजे सपथ लिने राष्ट्रपति कार्यालयले जनाएको छ ।

Image may contain: 7 people, people standing, suit and wedding

राष्ट्रपति निवास शितल निवासमा प्रधानमन्त्री ओलीले सपथ लिने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ । वाम गठबन्धन बनाएर चुनावमा गएका एमाले माओवादीसँग स्पष्ट बहुमत रहेको छ । 

प्रतिकृया दिनुहोस

देउवालाई मोदीको सुझाव- सबै पक्षसँग सम्वाद जारी राख्नोस्

८ भदौ, भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजका सबै

नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर, के छ समझदारीमा??

८ भदौ, भारत र नेपालबीच आठ वटा समझदारीमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आठ सम्झौतामा हस्ताक्षर भएको छ। जसमध्ये

देउवाले एउटा गल्ती सच्याए तर अर्को गरे

९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अझै तीन दिन बाँकी छ । तर, भ्रमणको निष्कर्ष निकाल्न सकिने गरी ४६ बुँदे संयुक्त वक्तव्य