• मंगलबार ७-२७-२०७५/ Tuesday 13-11-18
  • ११:२७

On Air : म्युजिक एट एलाभेन

Up Next : नेपाल खबर

प्रदेश ६ मा सरकारले पूर्णता पायो

सुर्खेत,फागुन ६
प्रदेश ६ मा ७ सदस्यीय मन्त्रिमण्डल बनेको छ । मुख्यमन्त्री नियुक्त भएको चार दिनपछि प्रदेश सरकारले पूर्णता पाएको हो । एमाले र माओवादीले मन्त्रीहरुको टुंगो लगाएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ६ जना मन्त्रीलाई सिफारिस गर्नुभएको थियो ।प्रदेश प्रमुख दुर्गाकेशर खनालले मन्त्रीहरुलाई आज नै शपथ खुवाउनु भएको छ । 
आन्तरिक मामिला तथा कानून (गृह) मन्त्रीको जिम्मेवारी माओवादीबाट निर्वा्चित जुम्लाका सांसद नरेश भण्डारीले पाउनुभएको छ । आर्थिक मामिला तथा योजना (अर्थ) मन्त्रीको जिम्मेवारी सल्यानबाट निर्वाचित एमालेका प्रकाश ज्वालालपाउनु भएको छ् । यस्तै सुर्खेतका खड्क खत्रीले भौतिक पूर्वाधार विकास मन्त्रालय, हुम्लाका दल रावलले सामाजिक विकास मन्त्रालय र डोल्पाका नन्दसिंह बुढाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नु हुने भएको छ । रुकुमबाट समानुपातिक सांसद बनेकी विमला केसीले माओवादीका तर्फबाट भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ  ।
 

 

प्रतिकृया दिनुहोस

देउवालाई मोदीको सुझाव- सबै पक्षसँग सम्वाद जारी राख्नोस्

८ भदौ, भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजका सबै

नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर, के छ समझदारीमा??

८ भदौ, भारत र नेपालबीच आठ वटा समझदारीमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आठ सम्झौतामा हस्ताक्षर भएको छ। जसमध्ये

देउवाले एउटा गल्ती सच्याए तर अर्को गरे

९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अझै तीन दिन बाँकी छ । तर, भ्रमणको निष्कर्ष निकाल्न सकिने गरी ४६ बुँदे संयुक्त वक्तव्य