• मंगलबार ७-२७-२०७५/ Tuesday 13-11-18
  • ११:०७

On Air : बुलबुले हालखबर

Up Next : म्युजिक एट एलाभेन

प्रदेश ६ : नाम कर्णाली, राजधानी वीरेन्द्रनगर

 

सुर्खेत, १२ फागुन–

६ नम्बर प्रदेशको नाम कर्णाली प्रदेश हुने भएको छ ।

शनिवार बसेको प्रदेश सभाको चौथो बेठकले प्रदेशको नाम कर्णाली प्रदेश र राजधानी वीरेन्द्रनगर रहेने प्रस्ताव पारित गरेको छ । यससँगै प्रदेशको नामाकरण र राजधानी बारे निर्णय गर्ने ६ नम्बर प्रदेश पहिलो बनेको छ ।

शनिवारको संसद बैठकमा सभामुख राजबहादुर शाहीले एमाले नेता यामलाल कंडेलले पेश गरेको ‘कर्णाली प्रदेश र राजधानी सुर्खेत’ भन्ने प्रस्ताव पारित भएको घोषणा गरेका थिए ।

नेकपा एमालेका संसदीय दलका नेता यामलाल कंडेलले वैठकमा संवैधानिक व्यवस्था अनुरुप प्रदेशको भौगोलिक, पहिचान, सांस्कृतिक आधारमा प्रदेशको नाम कर्णाली प्रदेश राख्न निर्णयार्थ प्रस्ताव पेश गरेका थिए ।

उनले सबै दलहरुबीच छलफल र सहमतिका आधारमा यो प्रस्ताव तयार पारिएको बताए । उनको प्रस्तावलाई सभामुख राजबहादुर शाहीले संसदमा निर्णयार्थ पेश गरेका थिए । उक्त प्रस्तावको पक्षमा ३७ मत परेको थियो भने विपक्षमा कुनै मत परेन ।

एमाले नेता कंडेलले प्रस्ताव गरेको  प्रदेशको नाम ‘कर्णाली’ लाई नेपाली कांग्रेसका सांसद दिनबन्धु श्रेष्ठले समर्थन जनाएका थिए ।

 

प्रतिकृया दिनुहोस

देउवालाई मोदीको सुझाव- सबै पक्षसँग सम्वाद जारी राख्नोस्

८ भदौ, भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजका सबै

नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर, के छ समझदारीमा??

८ भदौ, भारत र नेपालबीच आठ वटा समझदारीमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आठ सम्झौतामा हस्ताक्षर भएको छ। जसमध्ये

देउवाले एउटा गल्ती सच्याए तर अर्को गरे

९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अझै तीन दिन बाँकी छ । तर, भ्रमणको निष्कर्ष निकाल्न सकिने गरी ४६ बुँदे संयुक्त वक्तव्य