• बिहीबार ४-३-२०७५/ Thursday 19-07-18
  • ०३:५५

On Air :

Up Next : धार्मिक कार्यक्रम

बिदा मनाउन आएका विद्यार्थी सधैँका लागि बिदा

 

काठमाडौं, फागुन २९ –

बंगलादेशको सिल्हेट मेडिकल कलेजमा अध्ययनरत ११ जना नेपाली विद्यार्थीको सोमबार त्रिभुवन विमानस्थलमा भएको यूएस बंगलाको विमान दुर्घटनामा परि ज्यान गएको छ ।

 

कलेजका प्रोफेसर आबेद होसेनका अनुसार जलालाबाद राजिब राबेया मेडिकल कलेजमा १९ औँ ब्याचका यी विद्यार्थी मार्च १० मा एमबीबीएसको फाइनल परीक्षा दिएर बिदा मनाउन नेपाल फर्किँदै थिए । 

बिदा मनाउन फर्किएका १३ विद्यार्थीमध्ये ११ जनाको दुःखद निधन भएको छ । घाइते दुई जनाको उपचार भैरहेको छ । दुर्घटनामा परि सञ्जय पौडेल, सञ्जय महर्जन, नीगा महर्जन, एञ्जिला श्रेष्ठ, पूर्णिमा लोहनी, श्वेता थापा, मीली महर्जन, सरुना श्रेष्ठ, एल्जिना बराल, चारु बराल, आश्ना शाक्यको ज्यान गएको छ । 

समिरा व्यञ्जनकार र प्रिन्सी धामीको उपचार भैरहेको छ । त्यसै कलेजमा पढ्ने अर्का विद्यार्थी सुवास आचार्य पनि बिदा मनाउन साथीहरुसँगै आउने तयारीमा थिए । तर उनी टिकट नपाएर रोकिएको द डेली स्टारले बताएको छ । 

सिल्हेट कलेजमा रहेका चार जना नेपाली विद्यार्थी पूरै शोकमा डुबेका छन् । उनीहरुले परिवारसँग सम्पर्क गरिरहेका छन् । कलेजले मंगलबारदेखि तीन दिन शोक मनाउने निर्णय गरेको छ । 

सोमबार भएको विमान दुर्घटनामा चार जना चालक दलका सदस्यसहित ४९ जनाको ज्यान गएको छ । घाइते भएका २२ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । 

प्रतिकृया दिनुहोस

बाँकेका विद्यार्थीको पढाइ प्रभावित

नेपालगन्ज, ५ भदौ  एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

खोलाले बगाएर वडा सदस्यको मृत्यु

डडेल्धुरा, ५ भदौ ।  डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले

मध्यपश्चिमका बाढी प्रभावितलाई राहत वितरण

सुर्खेत,५ भदौ मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।