• मंगलबार ३-५-२०७५/ Tuesday 19-06-18
  • ०७:५०

On Air : साझाखबर

Up Next : गीतसंगीत

सुर्खेतमा संचालीत महोत्सवहरु अपारदर्शी, अनियमितता भएको स्थानियबासिन्दाको आशंका


सुर्खेत,५ चैत

कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रदेशस्तरी महोत्सव सकिएको झण्डै एक महिना हुन लाग्दा समेत आयब्यय सार्वजनिक हुन सकेको छैन । लामो समयसम्म आयब्यय सार्वजनिक हुन नसकेपछि महोत्सवमा ब्यापक अनियमितता भएको स्थानियबासिन्दाले आशंका गरेका छन् । महोत्सव आयोजकको रुपमा रहेको प्रदेश उद्योग बाणिज्य संघका पदाधिकारीले महोत्सवको आयब्यय सार्वजनीक गर्न आनाकानी गरिरहेका छन् ।  सुर्खेतमा हुने अधिकांस धार्मीक तथा सांस्कृतीक महोत्सवको आयब्यय सार्वजनीक नहुदा स्थानीयबासीमा ब्यापक घोटाला भएको आशंङका बढ्दै गएको छ । जिल्लामा संचालीत धार्मीक तथा सांस्कृतीक महोत्सवहरु अपारदर्शी बन्दै गएपछी नागरिकहको समेत यसप्रति बितृष्णा बढ्दै गएको छ । गत फागुनमा सुर्खेतमा संचालीत प्रदेशस्तरी महोत्सबको समेत आयब्यय सार्वजनीक गरिएको छैन । महोत्सव सम्पन्न भएको १५ दिनभित्र आयब्यय बिबरण सार्वजनीक गर्ने भनिएपनि हालसम्म उक्त आयब्यय बिवरण सार्वजनीक गरिएको छैन । यता महोत्सव आयोजक मुल समारोह समीता संयोजक एबंम पदेश उद्योग बाणीज्य संघका अध्यक्ष पदम बहादुर शाहीले भने एक हप्ता भित्रै आयब्यय बिवरण सार्वजनीक गरिने बताउनुभयो । लेखापरिक्षक बाहीर भएको र प्रायोजकहरुले समयमै भुक्तानी नदीदा आयब्यय सार्वजनीक हुन ढीलाइ भएको उहांको भनाइ छ । 
 

प्रतिकृया दिनुहोस

बाँकेका विद्यार्थीको पढाइ प्रभावित

नेपालगन्ज, ५ भदौ  एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

खोलाले बगाएर वडा सदस्यको मृत्यु

डडेल्धुरा, ५ भदौ ।  डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले

मध्यपश्चिमका बाढी प्रभावितलाई राहत वितरण

सुर्खेत,५ भदौ मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।