• आइतबार ९-१-२०७५/ Sunday 16-12-18
  • ११:५७

On Air :

Up Next :

कर्णाली प्रदेश संसदमा आर्थिक बिधेयक दर्ता,संसद सुचारु हुने बाटो खुल्यो


सुर्खेत,१० चैत्र
कर्णाली प्रदेश अन्र्तगत आर्थिक मामिला तथा योजना मन्त्रालयले आज संसद सचिवालयमा आर्थिक कार्यबिधि बिधयक दर्ता गरेको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि प्रकाश  ज्वालाले ११ परिच्छेद  र ६३ दफाको आर्थिक कार्यबिधि बिधयक संसद सचिवालयमा दर्ता गर्नु भएको हो । बिधयक दर्ता संगै लामो समयदेखि बिजनेस नपाएको प्रदेशसभा ले बिजनेस पाउने भएको छ । 
प्रदेश सरकार अन्र्तगतका सरकारी कोषको परिचलन, राजस्व संकलन, कोषको नियगमन तथा नियन्त्रको लागि आवश्क ऐन निर्माणको लागि बिधयक दर्ता गरिएको मन्त्रि ज्वालाले बताउनुभएको छ । प्रदेश संसदबाट बिधयक पारित भएपछि प्रदेश सरकारको आर्थिक कार्यबिधि ऐन बन्नेछ । यो ऐन प्रदेश सरकारकै पहिलो कानुन बन्नेछ । 
बिधयकमा प्रदेश कोषको संचालन, नियगमन तथा नियन्त्रका, बजेट तर्जुमा, निकासा तथा खर्च को ब्ययवस्थापन, आन्तरिक तथा अन्तिम लेखापरिक्षण गर्ने गराउने, बेरुजु फछ्यौट गर्ने तथा असुलउपर गर्ने गराउने जस्ता महत्वपुर्ण बिषयबस्तु उल्लेख गरिएको छ । बिधयक पास भएपछि  प्रदेशको कोष नियन्त्रको लागि प्रदेशमा प्रदेश लेखा नियन्त्रकको कार्यालयले रहने छ भने प्रदेश अथर्मन्त्रिले प्रत्यक असार महिनाको १ गते प्रदेश सरकारको आगामि आर्थिक बर्षको लागि राजस्व र व्ययको अनुमान प्रदेश सभामा पेश गर्नुपर्ने ब्यबस्था कायम गरिएको छ । 
बिधयकमा ब्यक्तिगतरुपमा प्रयोगमा ल्याइएको वा प्रयोग गर्न दिईएको कुनैपनि सरकारी सम्पत्तिमा हुन गएको सबैप्रकारको क्षतिको रकम लिने र दिने दुबैबाट असुलउपर गरिने प्राबधान राखिएको छ । यसैगरी कर्णाली प्रदेशको आर्थिक कारोबारहरुको लेखा प्रणलीलाई ब्यवस्थित, पारदर्शि र चुस्त दुरुस्त बनाउनको लागि बिधुतिय प्रणालिको उपयोग गरिनेसमेतका प्रावधान समावेश गरिएको छ । 
यसैबिच मन्त्रि ज्वालले मुककै गरिब प्रदेशका रुपमा रहेको कर्णाली प्रदेशलाई अन्य प्रदेशको तुलनामा संघिय सरकारले अनुदानमा पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ, ज्वालले आगमि दिनमा कर्णाली प्रदेशका नागरिकहरुको आर्थिक सुरक्षण तथा पुर्वाधारको लागि नागरिक लगानि कोषको ब्यबस्था समेत गरिने बताउनुभएको छ । 

प्रतिकृया दिनुहोस

बाँकेका विद्यार्थीको पढाइ प्रभावित

नेपालगन्ज, ५ भदौ  एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

खोलाले बगाएर वडा सदस्यको मृत्यु

डडेल्धुरा, ५ भदौ ।  डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले

मध्यपश्चिमका बाढी प्रभावितलाई राहत वितरण

सुर्खेत,५ भदौ मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।