• बुधबार ५-६-२०७५/ Wednesday 22-08-18
  • ०३:२०

On Air :

Up Next : धार्मिक कार्यक्रम

संसदमा सरकारको चर्को आलोचना


बुलबुले समाचार कक्ष
चैत,१६ सुर्खेत
कर्णाली प्रदेशसभामा सरकारको चर्को आलोचना भएको छ । आज बसेको कर्णाली प्रदेशसभा बैठकको बिषेष समयमा बोल्ने सांसदहरुले सरकारको आलोचना गरेका छन् । खासगरि सत्तापक्ष दलकै सांसदहरुले सरकार सुस्त गतीमा चलेको भन्दै आलोचना गरेका छन् । सांसदहरुले अझैपनि महीलामाथी हिंसा नरोकीएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । त्यस्तै सरकारले संचालन गर्ने भनीएको कर्णाली रारा पर्यटन महोत्सबको समेत सांसदहरुले बिरोध गरेका छन् । रारामा हुने महोत्सवको अहीलेसम्म पनि संसदमा जानकारी नहुनु दुखद बिषय भएको भन्दै सांसदहरुले त्यसको बिरोध गरेका हुन् । नेकपा एमालेका सांसद गुलावजंग शाहले बैसाख १ गते हुने भनीएको रारा महोत्सवको बारेमा आफुहरुलाइ समेत जानकारी नभएको भन्दै आपत्ती जनाउनुभयो । त्यस्तै माओबादी केन्द्रका सांसद बिन्दमान बिष्टले सुर्खेतको पञ्चपुरीमा भएको एइइ परिक्षार्थीमाथीको हत्या घटनाले अहीलेपनि महीलाहरु असुरक्षीत रहेको महसुस भएको भन्दै दोसीलाइ तत्काल कारबाही गर्न माग गर्नुभयो । माओबादी केन्द्रकी प्रमुख सचेतक सिता नेपालीले प्रहरीकै संलग्नतामा बलात्कार र हत्याका घटना हुनुले महीलाहरुलाइ अझैपनि घरबाहीर निस्कीन अप्ठेरो रहेको भन्दै दोषीमाथी कडा कारबाही गर्न माग गर्नुभयो । यस्तै सुन्य समयमै बोल्दै नेपाली कांग्रेसका हिम बहादुर शाहीले सरकार गठनको लामो समय भैसक्दा समेत बिभीन्न बिधेयकहरु ल्याउनुपर्नेमा सरकार के मा अड्कीएको छ भन्दै प्रश्न गर्नुभयो । सांसदहरुको प्रश्नपछी सभामुख राज बहादुर शाहीले संसदमा उठेका प्रश्नहरुको अर्को बैठकमा जवाफ दिन रुलिङ गर्नुभएको थियो । यसैबिच आज संसद बैठकबाट आर्थीक बिधेयक र संसद संचालन सम्बन्धी नियमावली बिधेयक पारीत भएको छ । सांसद सिता नेपालीले पेश गर्नुभएको संसद संचालन नियमावली बिधेयक र आर्थीक मामीला मन्त्री प्रकाश ज्वालाले पेश गर्नुभएको आर्थीक बिधेयक पारीत भएको हो । संसदको अर्को बैठक आउदो चैत २० गते सम्मका लागी स्थगीत भएको छ । 
 

प्रतिकृया दिनुहोस

बाँकेका विद्यार्थीको पढाइ प्रभावित

नेपालगन्ज, ५ भदौ  एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

खोलाले बगाएर वडा सदस्यको मृत्यु

डडेल्धुरा, ५ भदौ ।  डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले

मध्यपश्चिमका बाढी प्रभावितलाई राहत वितरण

सुर्खेत,५ भदौ मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।