• आइतबार ६-८-२०७४/ Sunday 24-09-17
  • ०९:३७

On Air : साझा सवाल

Up Next : समापन

नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर, के छ समझदारीमा??

८ भदौ, भारत र नेपालबीच आठ वटा समझदारीमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आठ सम्झौतामा हस्ताक्षर भएको छ। जसमध्ये चार भूकम्पपछि पुर्ननिर्माणमा सम्बन्धित रहेको छ।

पहिलो सम्झौतामा भूकम्प पछि भत्किएका पचास हजार घर निर्माणका भारतले सहयोग गर्ने विषयमा भएको हो। भारतले भूकम्प लगत्तै नेपालललाई एक खर्ब सहयोगको घोषणा गरेको थियो। सोही सहयोगको विषयमा समझदारी भएको हो। दोश्रो नेपालमा शिक्षा क्षेत्रमा पुर्ननिर्माणसँग सम्बन्धित रहेका छन्। तेश्रो समझदारी नेपालका सांस्कृतिक सम्पदाको पुर्ननिर्माणमा भारतले सहयोग गर्ने भन्ने छ भने चौथो स्थाथ्य क्षेत्रको पुर्ननिर्माणमा सहयोग गर्ने उल्लेख छ।

चार वटै समझदारीमा नेपालका तर्फबाट अर्थसचिव शान्तराज सुवेदी र भारतका तर्फबाट विदेश सचिव एस जयशंकरले हस्ताक्षर गरेका छन्।

पाँचौ समझदारी भने लागू औषध नियन्त्रणका विषयमा भएको छ। लागू औषधको ओसार पसारमा नियन्त्रण गर्ने विषयमा एक दोश्रोलाइ सहयोग गर्ने समझदारी भएको हो। समझदारीमा नेपालका तर्फबाट गृहसचिव लोकदर्शन रेग्मी र भारतका तर्फबाट हसमुख आदियाले हस्ताक्षर गरेका छन्। आदिया रेभिन्यू सचिव हुन्। छैठौँ समझदारी भने  मेची पुल निर्माणको विषयमा रहेको छ। एसियाली विकास बैंकको दोश्रो चरणको उक्त कार्यक्रममा भारतले आर्थिक सहयोग गर्दैछ। सुरक्षित निर्माण र रोड कनेक्टिभिटीसँगसम्बन्धी विषय हो। समझदारीमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की र भारतका तर्फबाट सडक मन्त्रालयका उद्विर सिंह मल्लिकले हस्ताक्षर गरेका छन्। सातौँ समझदारी भने मौसमको नाप जाँचका विषयमा रहेको छ। मौसम पूर्वानुमानको स्ट्याण्डराइजेशन र कन्फर्मिटीको विषयमा समझदारी भएको हो।

समझदारीमा नेपालका तर्फबाट विश्वबाबु पुडासैनी र भारतका तर्फबाट सञ्जय सिंहले हस्ताक्षर गरेका हुन्।

आठौँ समझदारी भने इन्स्टिच्युट हफ चार्टर्ड अकाउन्टेन बोर्ड इण्डिया र इन्टिच्युट अफ चार्टर्ड अकाउन्ट अफ नेपालबीच भएको हो।

समझदारीमा नेपालका तर्फबाट प्रकाश थापा र भारतका तर्फबाट निलेश एस विकमासेले हस्ताक्षर गरेका छन्।

प्रतिकृया दिनुहोस

नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर, के छ समझदारीमा??

८ भदौ, भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजका सबै

नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर, के छ समझदारीमा??

९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अझै तीन दिन बाँकी छ । तर, भ्रमणको निष्कर्ष निकाल्न सकिने गरी ४६ बुँदे संयुक्त वक्तव्य

नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर, के छ समझदारीमा??

काठमाडौं, भदौ १४ संविधानअनुसार निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्न सरकारद्वारा गठित निर्वाचन क्षेत्र निर्धारण आयोगले आज प्रतिवेदन बुझाउने भएको