• मंगलबार ७-२७-२०७५/ Tuesday 13-11-18
  • १०:३९

On Air : बुलबुले फरमाईस्

Up Next : बुलबुले हालखबर

कर्णाली प्रदेशको बजेट २८ अर्ब २८ करोड


बुलबुले समाचारकक्ष
कर्णाली प्रदेश सरकारले आगामी आर्थीक बर्षको लागी २८ अर्ब २८ करोड २८ लाख बराबरको बजेट प्रदेशसभामा पेश गरेको छ । आर्थीक मामीला तथा योजनामन्त्री प्रकास ज्वालाले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न  २८ अर्ब २८ करोड २८ लाख २८ हजारको  बजेट प्रस्त’त गनर्’भएको हो  । कूल विनियोजन मध्ये चालु तर्फ  ६ अर्ब ६३ करोड ८४ लाख ८५ हजार र पुँजीगत तर्फ  २१ अर्ब २४ करोड ४३ लाख ४३ हजार तथा वित्तीय व्यवस्थापन तर्फ  ४० करोड रकम विनियोजन गरिएको छ।
आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्वबाट  ५० करोड, चालु आर्थिक वर्षको खर्च नभई बाँकी रहन जाने अनुमानित रकम  ५० करोड, संघीय सरकारबाट राजस्व बाँडफाँड वापत प्राप्त हुन आएको रकम ५ अर्ब ५१ करोड ६६ लाख १५ हजार परिचालन गरीने बताइएको छ । त्यस्तै वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको  ९ अर्ब १३ करोड १४ लाख र सशर्त अनुदानबाट  ६ अर्ब ६३ करोड ४१ लाख ५० हजार परिचालन गरिने बजेट बक्तब्यमा उल्लेख छ  ।
 त्यसै गरी समपूरक र विशेष अनुदानबाट  ५ अर्ब प्राप्त हुने अनुमान गरिएको छ । सो अनुदानबाट समेत नपुग हुन जाने  १ अर्ब अन्तरिक ऋण परिचालनबाट व्यहोर्ने सरकारले जनाएको छ ।
बजेटमा हुम्ला र डोल्पा जिल्लालाई प्रदेश र राष्ट्रिय सडक सञ्जालमा आबद्ध गरी यातायात सहज गराउन प्रदेश सरकारले आवश्यक पहल गर्ने उल्लेख छ । यस्तै प्रदेश राजधानीबाट अन्य जिल्लाहरूको जिल्ला सदरमुकामसम्म पुग्ने राजमार्गलाई दुई लेन सडकको रुपमा स्तरोन्नति गरिने बताइएको छ  । 
प्रत्येक प्रदेशलाई कम्तिमा एक अन्तर्राष्ट्रिय व्यापारिक नाकासँग सोझै जोड्ने नेपाल सरकारको नीतिलाई प्रदेश सरकारले आवश्यक सहयोग गर्दै भेरी करिडोर तथा कर्णाली करिडोर लाई राष्ट्रिय गौरवका आयोजनाको रुपमा अघि बढाउन नेपाल सरकारसँग पहल गरिने उल्लेख छ  ।
 यसैगरि जमुनाहा सुर्खेत हिल्सा प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रुतमार्गको विस्तृत अध्ययन गरी नेपाल सरकारको सहयोगमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण कार्य अघि बढाइने छ ।  नेपाल सरकारसँगको समन्वयमा रानीघाट भुरीगाउँ बर्दिया सुरुङमार्गको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाइने छ ।
 नेपाल सरकारसँग समन्वय गरी जमुनाहा सुर्खेत दैलेख महाबु कालीकोट नाग्मा गमगढी नाक्चे लाग्ना तथा राजापुर बर्दिया भुरीगाउँ तेलपानी सुर्खेत, दैलेखको माथिल्लो डुङ्गेश्वर बैक दुल्लु डाँडीमाडी कुुसापानी ब्याउली नाग्म गमगढी नाक्चे लाग्ना सडकलाई राष्ट्रिय गौरवका आयोजनाको रुपमा अघि बढाइने बजेटमा उल्लेख छ । यसैगरि सुर्खेत छिन्चु सिम्ता जाजरकोट सडकलाई ‘सहिद ऋषि शर्मा मार्ग नामकरण गरिएको छ । 
जनता सडक कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशका सबै प्रादेशिक निर्वाचन क्षेत्रहरूमा महत्वपूर्ण सडक आयोजनाहरूको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाउन प्रत्येक निर्वाचन क्षेत्रमा  ५ करोड पर्ने गरी जम्मा  १ अर्ब २० करोड बजेट विनियोजन गरीएको छ । नेपाल सरकारसँगको समन्वयमा प्रदेशको राजधानी सुर्खेतको चक्रपथ निर्माण तथा स्तरोन्नति कार्यलाई अघि बढाइने बजेटमा उल्लेख छ ।
 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा सप्तकोशी र लक्ष्मणपुर बाँध पनि ||

५ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा सप्तकोशी सम्झौता र लक्ष्मणपुर बाँधबारे भारतीय पक्षसँग छलफल गर्ने भएका छन् ।

विपक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी

कठमाडौँ, भदाै ५ राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसदलाई व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थित भई संसदमा पेश भएको संविधान संशोधन

मालपोत कार्यालयद्वारा एक करोड राजस्व संकलन 

जुम्ला ९ भदौ जिल्ला मालपोत कार्यालय जुम्लाले आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न शीर्षकबाट रु एक करोड सात लाख ८९ हजार राजस्व संकलन भएको छ ।  लिखत