• बुधबार ५-६-२०७५/ Wednesday 22-08-18
  • ०२:५३

On Air :

Up Next : धार्मिक कार्यक्रम

थपीए सुर्खेतमा करदाता,राजस्व संकलनमा उल्लेख्य बृद्धि


बुलबुलेसमाचार कक्ष
करदाता सेवा कार्यालय, सुर्खेतले आर्थिक बर्ष २०७४÷०७५ मा अघिल्लो आर्थीक वर्षको तुलनामा ४८ दशमलव ६ प्रतिशतले बढी राजस्व संकलन गरेको छ  । आर्थिक बर्ष २०७३÷०७४ मा ३६ करोड ७१ लाख७० हजार २ सय ३६ रुपैयाँ संकलन गरेकोमागतअ.व २०७४÷०७५ मा ५४ करोड ५७लाख १७हजार ७ सय ८१ रुपैयाँ राजस्व संकलन गरेको हो । कार्यालयले आर्थिक बर्ष २०७०÷०७१ मा १०प्रतिशत, २०७२÷०७३ मा २५ प्रतिशत र आर्थिक बर्ष ०७३÷०७४ मा ३२ प्रतिशतले राजस्व संकलनमा बृद्धि गरेको थियो । जिल्लामा बढ्दो व्यवसायिकरण, नियमितबजार अनुगमन, कार्यालयले गरेका कर शिक्षाको सचेतना, करदातामाआएको कर सम्बन्धिजागरण, कार्यालयको प्रभावकारी सक्रियताकोकारण राजस्व संकलनमाउल्लेखियमात्रामा बृद्धि हुँदै आएको करदातासेवाकेन्द्र सुर्खेतका कर अधिकृत यज्ञराज ढकालले बताउनु भएको छ ।  कार्यालयले आयकर, बहालकर,व्याजकर,मुल्य अभिबृद्धी कर, अन्तःशुल्क, शिक्षा सेवाशुल्क, स्वास्थ्य सेवाशुल्क र विविधशिर्षकमा राजस्व संकलन गरेको हो । यस अवधिमाकार्यलयले सबैभन्दा बढी राजस्वआयकर शिर्षकमा रु ३५ करोड ३२ लाख ४८ हजार संकलन गरेको छ । यसै गरी मुल्यअभिबृद्धि करमा १३ करोड ३६ लाख १६ हजार, बहाल करमा २ करोड ७० लाख २७हजार, ब्याजकरमा २ करोड ४ लाख १३ हजार, अन्तशुल्कमा ६८ लाख १७हजार, स्वास्थ्य सेवाशुल्कमा ४० लाख, शिक्षा सेवाशुल्कमा ५ लाख७७हजार र अन्यशिर्षकमा १८ लाख राजस्व संकलन गरेको हो । कार्यालयलाई आर्थिक बर्ष ०७४÷०७५ माआन्तरिक राजस्वकार्यालयनेपालगंजले राजस्व संकलनलक्ष्य रु. ५० करोड ९१ हजार ५७लाख १७हजार दिएकोमालक्ष्यको तुलनमाथपनौ प्रतिशत राजस्व संकलनगरिएको कर अधिकृत ढकालले बताउनुभएको छ ।
यसैबिच राजस्व संकलनमा बृद्धि संगै सुर्खेतमा हरेक बर्ष नयाँ करदाताथपिने क्रमपनिजारी रहेको छ । गतआर्थिक बर्ष २०७४÷०७५ माआयकरमा १७२ जना, अन्तशुल्कमा ४२ जना, मुल्यअभिबृदि करमा१६ जना गरी नयाँ २३० जना करदाताथपिएका छन् । यो संगै नियमित रुपमा करतिर्ने करदाताको संख्या १६हजार ६४जनापुगेको ढकालले जानकारी दिनुभएको छ । 
 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा सप्तकोशी र लक्ष्मणपुर बाँध पनि ||

५ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा सप्तकोशी सम्झौता र लक्ष्मणपुर बाँधबारे भारतीय पक्षसँग छलफल गर्ने भएका छन् ।

विपक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी

कठमाडौँ, भदाै ५ राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसदलाई व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थित भई संसदमा पेश भएको संविधान संशोधन

मालपोत कार्यालयद्वारा एक करोड राजस्व संकलन 

जुम्ला ९ भदौ जिल्ला मालपोत कार्यालय जुम्लाले आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न शीर्षकबाट रु एक करोड सात लाख ८९ हजार राजस्व संकलन भएको छ ।  लिखत