• बुधबार ६-३१-२०७५/ Wednesday 17-10-18
  • ०५:३५

On Air : स्पोट्स विक

Up Next : नेपाल खबर

पब्लीकमा कानुन बिषयको पढाइ हुने


बुलबुले समाचार कक्ष
उच्च अदालत सुर्खेतका मुख्य न्यायाधिस हरिकुमार पोखरेलले न्यायिक क्षेत्रमा दक्ष जनशक्ति अभावका कारण कानुनी कामा कारबाहीमा समस्या परिरहेको बताउनुभएको छ  । पब्लिक एकेडेमी माध्यमिक विद्यालय सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको कानुन संकायका विद्यार्थीलाई स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य न्याधिस पोखरेलले यस्तो बताउनुभएको हो ।  उहाले विगत देखि नै कानुन पढेका जनशक्ति अभाव भएकै कारण कानुनी कामकारबाहीमा बाधा अड्चन थपिँदै आएको बताउनुभयो । कर्णालीमा पहिलोपटक माध्यमिक तहमा पहिलोपटक कानुन विषय अध्यापन हुन लागेकोमा खुशी व्यक्त गर्दै उहाले अभाव रहेको दक्ष जनशक्ति अब कर्णालीबाटै पूर्ति हुनुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपछि प्रा.डा. उपेन्द्रकुमार कोइरालाले माध्यमिक तहमा कानुनको अध्यापन सुरु गरेकोमा संचालकलाई धन्यावद दिनुभयो । उहाले विश्वविद्यालयमासमेत कानुन विषयमा स्नातक तहको अध्ययन सुरु गरेकोले आगामी दिनमा कानुनका विद्यार्थी पूर्ति गर्न एक अर्काबीचमा समन्वयकारी भूमिका रहने बताउनुभयो ।    यस्तै प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता विद्याभुषण मानन्धरले कानुन विषय अरुभन्दा जटिल भएकाले अप्ठेरो परेका समयमा न्यायिक निकाय र कानुन व्यवसायीहरुको सहयोग लिएर अगाडि बढ्न सुझाव दिनुभयो । यस्तै वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले पहिलो पटक माध्यमिक तहमा कानुन अध्यापन गराई राम्रो कामको सुरुवात गरेकोले जनप्रतिनिधिका हैसियतले हुने सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।     विद्यालयका संचालक तथा प्रिन्सिपल दिपेन्द्रराज खनालले धेरै प्रयासका बाबजुत कानुन विषय अध्यापन गराउन मौका मिलेकाले कुनैपनि हालतमा विद्यार्थीको गुणस्तर उत्कृष्ट बनाउनेमा प्रतिबद्ध रहेको बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा सप्तकोशी र लक्ष्मणपुर बाँध पनि ||

५ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा सप्तकोशी सम्झौता र लक्ष्मणपुर बाँधबारे भारतीय पक्षसँग छलफल गर्ने भएका छन् ।

विपक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी

कठमाडौँ, भदाै ५ राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसदलाई व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थित भई संसदमा पेश भएको संविधान संशोधन

मालपोत कार्यालयद्वारा एक करोड राजस्व संकलन 

जुम्ला ९ भदौ जिल्ला मालपोत कार्यालय जुम्लाले आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न शीर्षकबाट रु एक करोड सात लाख ८९ हजार राजस्व संकलन भएको छ ।  लिखत