• बुधबार ६-३१-२०७५/ Wednesday 17-10-18
  • ०६:४६

On Air : बुलबुले हालखबर

Up Next : आशाको वाणी

जुम्लालाई अन्तराष्ट्रिय व्यापार केन्द्रका रुपमा विकास गरिनेछ ः मुख्यमन्त्री शाही


बुलबुले समाचार कक्ष
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले जुम्लालाई अन्तराष्ट्रिय व्यापारिक केन्द्रका रुपमा विकास गरिने वताउनुभएको छ । जिल्ला समन्वय समिति जुम्लाको आयोजनामा शनिवार सदरमुकाम खलंगामा भएको स्थानीय जनप्रतिनिधिहरुसंगको अन्तरक्रिया कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले विगतमा पनि जुम्ला व्यापारिक केन्द्र रहेको स्मरण गर्नुभयो ।  मुख्यमन्त्री शाहीले जुम्लालाई ठुलो अर्थतन्त्र भएका छिमेकी देश चिन र भारत जोडने द्रुतमार्ग निर्माण गरेर जुम्लालाई अन्तराष्ट्रिय व्यापारिक केन्द्रका रुपमा विकास गर्न सकिने वताउनुभयो । मुख्यमन्त्री शाहीले ३ वटै तहका सरकारहरु विचको आपसी समन्वयमा मात्रै संघियतालाई सफल वनाउन सकिने वताउनुभयो । संघीयताका विरुद्ध प्रतिगामी शक्तिहरुले विभिन्न भ्रम श्रृजना गर्ने गरेको भन्दै मुख्यमन्त्री शाहीले स्थानीय तहका सरकारहरु त्यसता भ्रमवाट सचेत हुनुपर्ने वताउनुभयो ।  कर्णालीको विकासका लागि प्रदेश सरकार स्थानीय तहसंग हातेमालो गरेर अगाडि वढन चाहेको वताउदै कर्णालीमा रहेको श्रोत साधनको उपयोग गरेर जनताको अपेक्षा वमोजिम छोटो समयमै समृद्धि हाँशील गर्न सकिने उहाँको भनाई छ । समृद्धिको लागि उत्पादन अपरिहार्य भएको वताउदै मुख्यमन्त्री शाहीले उत्पादनमुलक योजना वनाउन स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । अन्तरक्रिया कार्यक्रममा वोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले स्थानीय तहलाई आवश्यक कानुन छिटै तर्जुमा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । संघीय सरकारले कानुन निर्माणको काममा ढिलाई गर्दा प्रदेश सरकारलाई कानुन निर्माणमा अफ्ठ्यारो भएको मन्त्री भण्डारीको भनाई छ । स्थानीय तहका सरकार जनतासंग सिधै जोडिएको कारण सेवा प्रवाह र विकास निर्माण कार्यलाई पारदर्शी, छिटोछरितो र सहज ढंगले अगाडि वढाउन मन्त्री भण्डारीले जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । मन्त्री भण्डारीले समृद्ध कर्णालीको सपना धेरै टाढा नरहेको वताउदै उत्कृष्ट वडा, गाँउ, नगर र जिल्ला निर्माणका लागि प्रतिस्पर्धा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । अन्तरक्रिया कार्यक्रममा जुम्लाका आठ वटै स्थानीय तहका प्रमुखहरुले आफनो क्षेत्रमा भएका विकास निर्माण तथा समस्याहरुको वारेमा रिपोर्टीङ्ग गरेका थिए । उनीहरुले प्रदेश सरकारले स्थानीय तहका कानुन निर्माणमा ढिलाई गरेका कारण समस्या भएको गुनासो गरेका थिए । 
 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा सप्तकोशी र लक्ष्मणपुर बाँध पनि ||

५ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा सप्तकोशी सम्झौता र लक्ष्मणपुर बाँधबारे भारतीय पक्षसँग छलफल गर्ने भएका छन् ।

विपक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी

कठमाडौँ, भदाै ५ राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसदलाई व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थित भई संसदमा पेश भएको संविधान संशोधन

मालपोत कार्यालयद्वारा एक करोड राजस्व संकलन 

जुम्ला ९ भदौ जिल्ला मालपोत कार्यालय जुम्लाले आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न शीर्षकबाट रु एक करोड सात लाख ८९ हजार राजस्व संकलन भएको छ ।  लिखत