• आइतबार ९-१-२०७५/ Sunday 16-12-18
  • ११:४४

On Air :

Up Next :

दैलेखलाई केन्द्रविन्दु बनाएर लगातार भूकम्पको झट्का

 

बुलबुले समाचार कक्ष

कर्णाली प्रदेशको दैलेखलाई केन्द्रविन्दु बनाएर लगातार भूकम्प गएको छ । सिस्मोलोजिकल सेन्टर नेपालका अनुसार शुक्रबारमात्र ४ रेक्टर स्केलका दुई वटा भूकम्प गएका थिए भने अन्य ४ रेक्टर स्केलभन्दा तलका झट्का लगातार गइरहेका छन् । 

शनिबार बिहान १० बजेर ५२ मिनेटमा ४.३ रेक्टर स्केलको भुकम्प गएको सिस्मोलोजिकल सेन्टरको रेकर्डमा उल्लेख छ । यस्तै शनिबार बेलुका करिब ८ बजेर ५० मिनेट जाँदा पनि ३.८ रेक्टर स्केलको भूकम्प गएको छ ।

यी सबै भुकम्पको केन्द्र विन्दु दैलेखको नारायण नगरपालिका वडा नम्बर १० को भवानीमा रहेको सेन्टरमा सिस्मोलोजिस्ट चिन्तन तिमिल्सेनाले जानकारी दिए । 

उनले ४ रेक्टर स्केलभन्दा तलका भुकम्पले कुनै क्षति नगर्ने भएकाले त्यसलाई रेकर्डमा नराखिएको बताए । उनले ४ रेक्टर स्केलका भने सबै रेकर्डमा राखिएको बताए । उनले दैलेखमै केन्द्र विन्दु भएकाले त्यहाँ भुकम्पको धक्का बढिड महशुस भएको बताए । 

लगातार भुकम्प गएपनि कुनै क्षति भनेको भएको छैन । तर स्थानीयवासीमा भने त्रास फैलिएको छ । करिब ७ रेक्टर स्केलको भूकम्पले त्रसित भएका नेपाली भूकम्पको कम्पन हुनासाथ त्रसित हुने अवस्था छ ।

प्रतिकृया दिनुहोस

प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा सप्तकोशी र लक्ष्मणपुर बाँध पनि ||

५ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा सप्तकोशी सम्झौता र लक्ष्मणपुर बाँधबारे भारतीय पक्षसँग छलफल गर्ने भएका छन् ।

विपक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी

कठमाडौँ, भदाै ५ राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसदलाई व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थित भई संसदमा पेश भएको संविधान संशोधन

मालपोत कार्यालयद्वारा एक करोड राजस्व संकलन 

जुम्ला ९ भदौ जिल्ला मालपोत कार्यालय जुम्लाले आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न शीर्षकबाट रु एक करोड सात लाख ८९ हजार राजस्व संकलन भएको छ ।  लिखत