• शुक्रबार १०-४-२०७५/ Friday 18-01-19
  • १०:०२

On Air : समापन

Up Next :

आसेपासेको घेराबन्दीमा कर्णालीका मुख्यमन्त्री शाही

 

कृष्ण आचार्य
कुनै बेला सबैको आशा थीयो प्रदेश सरकार बनेपछी धेरै कुरा ठिकठाक हुनेछ । केन्द्रको मुख ताक्नु पर्दैन यानेकी बिकास ले फड्को मार्नेछ । तर कर्णाली प्रदेश सरकारका मन्त्रीहरु अहीले रक्षात्मक बन्दै जान थालेका छन् । उनिहरुका आफ्नै बोली र गतीबीधीहरुबाट मन्त्रीहरु आफ्नैपाटीका सांसदहरुबाटै आलोचीत भैरहेका छन् । नाम नबताउने सर्त प्रदेशसभा का एक सदस्यले मुख्यमन्त्री मन्त्रीहरुले सांसदहरुका भन्दा सिमीत कार्यकर्ताको भनाइ सुन्ने गरेको बताए । “हामी जनप्रतिनीधीको ढोका बाट हेर्नुपर्छ” उनले आक्रोसीत हुदै भने “आसेपासेको हालीमुहाली कहीले सम्म हो ?” लोकमान कार्की प्रकरणबाट चर्चामा आएका र केही गर्छन भन्ने आशा गरिएका कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले यतिबेला नंया जोगीले बढी खरानी घस्छ भन्ने नेपाली उखानलाइ चरीतार्थ गर्न खोजेका छन् । आफ्ना आसेपासेलाइ धमाधम भर्ती गर्दै मुख्यमन्त्री कार्यालयलाइ सिमीत ब्यक्तीको घेराबन्दीमा राखेका शाहीले बिभीन्न समयमा बिभीन्न केटाकेटी पाराका भाषा बोलर जग हसाउने गरेका छन् । सुचना प्रबिधीको युगमा केन्द्र सरकारले बिधुतीय पत्रचारलाइ बैधानीकता दिदै सबै कार्यालयको फेसबुक पेज बनाएर सेवा संञ्चालन गरेरहेका बेला कर्णालीका मुख्यमन्त्री शाहीले निर्णय गरेरै कार्यालयमा फेसबुक बन्द गराउने योजना बनाएका थिए । निर्णय गरेकै भोलीपल्ट उनकै कार्यालयका कर्मचारी फेसबुक च्याटमा ब्यस्त देखीन्थे । एनजीओ लखेट्ने जस्ता केही अपरीपक्क भनाइले उनको ब्यक्तीत्व र बौद्धीकता माथी धेरैले प्रश्न चिन्ह उठाउने गरेका छन् । जनताको काम त परैको कुरा संसदमा बिजनेस समेत दिन नसक्दा हिउदे अधीबेशन अन्यौलमा परेको छ । आजभोली बिरेन्द्रनगर होस या अन्य कुनै ठाउमा हुने औपचारीक कार्यक्रममा पट्यारलाग्दा शाहीका गफले कर्णाली बासी आजीत भैसकेका छन् । बरु केही परीणाम मुखी नतीजाको कर्णाली बासीले अपेक्षा गरेका छन् । मुख्यमन्त्रीमात्रै होइन प्रदेशका सबै मन्त्रीको गती यती सुस्त छ की मानौ उनिहरु मुख्यमन्त्री भन्दा अगाडी बढ्नै हुदैन । मुख्यमन्त्री कै गती हिड्नु पर्ने बाध्यता जसरी उहिरुपनि मुख्यमन्त्री संगै घिस्री रहेका छन् । सबै मन्त्रीहरु कर्मचारी नहुदा काम गर्न नसकेको झीनो कारणमा आफ्ना असक्षमता लुकाउन खोजीरहेका छन् । तर कर्णालीबासी भने आफुले चुनेर पठाएका प्रतिनीधीहरुको काम गर्ने शैली र ब्यवहारबाट आक्रोसीत हुन थालेका छन् । 
 

प्रतिकृया दिनुहोस

देउवालाई मोदीको सुझाव- सबै पक्षसँग सम्वाद जारी राख्नोस्

८ भदौ, भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजका सबै

नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर, के छ समझदारीमा??

८ भदौ, भारत र नेपालबीच आठ वटा समझदारीमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आठ सम्झौतामा हस्ताक्षर भएको छ। जसमध्ये

देउवाले एउटा गल्ती सच्याए तर अर्को गरे

९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अझै तीन दिन बाँकी छ । तर, भ्रमणको निष्कर्ष निकाल्न सकिने गरी ४६ बुँदे संयुक्त वक्तव्य