• आइतबार ६-८-२०७४/ Sunday 24-09-17
  • ०९:४०

On Air : साझा सवाल

Up Next : समापन

सरकारमा १५ जना राज्यमन्त्री थप,सुर्खेतका बिष्ट संचार राज्यमन्त्री  ।।


सुर्खेत,५ भदौ
नेपाली कांग्रेसको तर्फबाट १२ र लोकतान्त्रिक फोरमका ३ गरि सरकारमा १५ जना राज्यमन्त्री थपिएका छन् । ती राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आज पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ । कांग्रेसले शेषनाथ अधिकारी, सीता गुरुङ, उदय शमशेर राणा, नरबहादुर चन्द, तप्तबहादुर विष्ट, अब्दुल रजाक, डिल्ली चौधरी, चम्पादेवी खड्का, दिलमान पाख्रिन, सरिता प्रसाईं, अमरसिंह पुन र तेजुलाल चौधरीलाई राज्यमन्त्री बनाउन सिफारिस गरेको थियो । सबैलाई  जिम्मेवारी तोकेर प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल बिस्तार गर्नुभएको छ । सरिता प्रसाईकृषि बिकास, अमरसिंह पुन सिचाईं, तेजुलाल चौधरी युवा तथा खेलकुद, दिलमान प्राखिन कानुन, अब्दुल रज्जाक खानेपानी तथा सरसफाइ, शेषनाथ अधिकारी शिक्षा, सीता गुरुङ भौतिक पूर्वाधार तथा यातायात, नरबहादुर चन्द वाणिज्य राज्यमन्त्री बन्नुभएको छ । तप्त बहादुर बिष्ट सूचना तथा सञ्चार, उदय शमशेर राणा अर्थ, डिल्ली बहादुर चौधरी श्रम तथा रोजगार  र चम्पादेबी खड्का सहकारी तथा गरिबि निवारण राज्यमन्त्री बन्नुभएको छ । यसै गरी लोकतान्त्रिक फोरमबाट राज्यमन्त्री हुनेमा जनकराज चौधरी, सुमित्रा थरुनी र यशोदा लामा रहेका छन् । देउवा नेतृत्वको सरकार अब ५० सदस्यीय भएको छ । 
 

प्रतिकृया दिनुहोस

सरकारमा १५ जना राज्यमन्त्री थप,सुर्खेतका बिष्ट संचार राज्यमन्त्री  ।।

नेपालगन्ज, ५ भदौ  एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

सरकारमा १५ जना राज्यमन्त्री थप,सुर्खेतका बिष्ट संचार राज्यमन्त्री  ।।

डडेल्धुरा, ५ भदौ ।  डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले

सरकारमा १५ जना राज्यमन्त्री थप,सुर्खेतका बिष्ट संचार राज्यमन्त्री  ।।

सुर्खेत,५ भदौ मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।