• आइतबार ७-५-२०७४/ Sunday 22-10-17
  • ०१:०२

On Air :

Up Next : धार्मिक कार्यक्रम

विपक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी

कठमाडौँ, भदाै ५
राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसदलाई व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थित भई संसदमा पेश भएको संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता कमल थापाको अध्यक्षतामा आज संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको उक्त बैठकले विधेयकको विपक्षमा मतदान गर्ने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकको निर्णयअनुसार प्रमुख सचेतक कुन्तीकुमारी शाहीद्वारा राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन २०७३ को धारा २८ बमोजिम आज बस्ने बैठकमा सांसदलाई पार्टीको निर्णय पालना गराउन ह्विप जारी गर्नुभएको हो ।

पार्टीको यही भदौ १ देखि ४ गतेसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो । रासस

प्रतिकृया दिनुहोस

विपक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी

५ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा सप्तकोशी सम्झौता र लक्ष्मणपुर बाँधबारे भारतीय पक्षसँग छलफल गर्ने भएका छन् ।

विपक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी

जुम्ला ९ भदौ जिल्ला मालपोत कार्यालय जुम्लाले आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न शीर्षकबाट रु एक करोड सात लाख ८९ हजार राजस्व संकलन भएको छ ।  लिखत

विपक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी

भीमदत्तनगर, ९ भदौ ।  कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार भएको सशस्त्र प्रहरी जवान हत्या प्रकरणमा दुई युवतीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ