• मंगलबार ८-५-२०७४/ Tuesday 21-11-17
  • ०८:१५

On Air : देशप्रदेश

Up Next : नेपाल खबर

घर भत्कीदा दैलेखका एकजनाको मृत्यु,दुइ घाइते


सुर्खेत,भाद्र ९ 
अविरल वर्षाका कारण दैलेखमा बिहीबार राति घर भत्किँदा एक जनाको ज्यान गएको छ भने दुई घाइते भएका छन् । दैलेख सदरमुकामको त्रिभुवन मावी अगाडि नारायण नगरपालिकाका रेशम थापाको घर भत्किँदा नारायण नगरपालिका ११ जुफियाकी ४५ वर्षीया दीपा चन्दको मृत्यु भएको हो । यस्तै, नारायण नगरपालिका ११ की ३५ वर्षीया विन्दु शाही र उनकी १२ वर्षीया छोरी मुना शाही घाइते भएका छन् । घाइते दुईको जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यलयको डा अनिल खरेल बताए ।  नारायण नगरपालिका १ को नयाँ बजार आसपासमा रहेका ६ वटा कच्ची घर भत्किएका छन् । यस्तै नारायण नगरपालिका १ का पूर्णबहादुर श्रेष्ठ, ना.न.पा ८ तर्ताङका भक्तबहादुर कार्की, ना.न..पा २ का रेशम थापा, गोपालसिंह थापा, १ की तारा खड्का र २ का खगेन्द्र थापाको घर भत्किएको प्रहरीले जनाएको छ । घर भत्किँदा धनजन क्षति भएको स्थानीय व्यपारी कमला थापाले बताइन् । उनका अनुसार, रातिमा भएको लगातार वर्षात्को कारण सामान ओसार पसार नहुँदा धेरै क्षति भएको थापाले बताइन् । घर भत्किँदा भाँडा पसल अटोपार्टस् होटलहरुमा क्षति पुगेको छ । लगातार २ दिनको वर्षाका कारण जिल्लामा धेरैभन्दा भन्दा क्षति हुने सम्भावना रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप ढकाले बताए । 
 

प्रतिकृया दिनुहोस

बाँकेका विद्यार्थीको पढाइ प्रभावित

नेपालगन्ज, ५ भदौ  एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

खोलाले बगाएर वडा सदस्यको मृत्यु

डडेल्धुरा, ५ भदौ ।  डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले

मध्यपश्चिमका बाढी प्रभावितलाई राहत वितरण

सुर्खेत,५ भदौ मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।