• मंगलबार ८-५-२०७४/ Tuesday 21-11-17
  • ०८:१०

On Air : देशप्रदेश

Up Next : नेपाल खबर

नेपाल स्काउटको  नयाँ कार्यसमितिमा सुर्खेतकी गीरी नियुक्त


सुर्खेत,९ भाद्र
सरकारले नेपाल स्काउटको वर्तमान केन्द्रीय कार्यकारी समिति विघटन गरी चन्दन कौशिकको संयोजकत्वमा १३ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको छ । कौशिक यसअघि धनुषा जिल्ला स्काउटको जिल्ला आयुक्त हुनुहुन्थ्यो । युवा तथा खेलकुदमन्त्री एवम् नेपाल स्काउटका प्रमुख स्काउट राजेन्द्रकुमार केसीको अध्यक्षतामा मंगलबार बसेको बैैठकले नयाँ तदर्थ समिति गठन गरी ऐन र नियमावलीअनुसार नयाँ राष्ट्रिय परिषद् र केन्द्रीय कार्यकारी समिति गठन गर्ने जिम्मेवारी तोकेको छ । तदर्थ समितिले एक वर्षभित्र राष्ट्रिय परिषद् र केन्द्रीय कार्यकारी समितिको निर्वाचन गराउनुपर्नेछ । तदर्थ समितिमा झापाका शिव पौडेल, सुर्खेतका पार्वती गिरी, भक्तपुरका पुण्यराम गोथे, ललितपुरका केशव महर्जन, काठमाडौँका दीपेश केसी, जयराम कार्की र गौतम अधिकारी, सिन्धुपाल्चोकका देवदूत अधिकारी, चितवनका मनोजजङ्ग रायमाझी, प्यूठानका रामप्रसाद शर्मा, धनुषाका रामकुमार भण्डारी र कास्कीका गोमा घिमिरे पौडेल हुनुहुन्छ । 

प्रतिकृया दिनुहोस

बाँकेका विद्यार्थीको पढाइ प्रभावित

नेपालगन्ज, ५ भदौ  एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

खोलाले बगाएर वडा सदस्यको मृत्यु

डडेल्धुरा, ५ भदौ ।  डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले

मध्यपश्चिमका बाढी प्रभावितलाई राहत वितरण

सुर्खेत,५ भदौ मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।