• आइतबार ७-५-२०७४/ Sunday 22-10-17
  • ०१:०१

On Air :

Up Next : धार्मिक कार्यक्रम

बाँकेका विद्यार्थीको पढाइ प्रभावित


नेपालगन्ज, ५ भदौ 
एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।  राप्ती नदीमा आएको पानीको भेल गाउँमा पसेपछि विद्यालयसमेत डुबानमा परेकाले विद्यार्थीको पढाइ प्रभावित भएको हो । सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाका अनुसार, बाढीका कारण जिल्लाका ८१ विद्यालय खुल्न सकेका छैनन् । ती विद्यालयमध्ये २९ विद्यालयमा बाढीपीडित परिवारका सदस्यले आश्रय लिइरहेका छन् ।  विद्यालयको कक्षाकोठामा पसेको पानी सुकिनसकेको र केही विद्यालयमा राहत शिविर सञ्चालन भइरहेकाले एक सातापछि मात्र विद्यालय सञ्चालनमा आउने सम्भावना रहेको जनाइएको छ ।  विद्यालय सञ्चालनमा नआउँदा करिब १५ हजार विद्यार्थीको पढाई प्रभावित भएको छ भने बाढीका कारण विद्यालयमा भएका पाठ्यसामग्रीसमेत नष्ट भएको छ । त्यस्तै विद्यार्थीका पाठ्यपुस्तक पनि बाढीसँगै बगेपछि उनीहरूले घरमा समेत अध्ययन गर्न पाएका छैनन् । सहायक जिशिअ थापाले विद्यालयमा नष्ट भएका पाठ्यसामग्री खरिद गर्न रु ५० हजार विनियोजन गरिएको बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस

बाँकेका विद्यार्थीको पढाइ प्रभावित

डडेल्धुरा, ५ भदौ ।  डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले

बाँकेका विद्यार्थीको पढाइ प्रभावित

सुर्खेत,५ भदौ मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।

बाँकेका विद्यार्थीको पढाइ प्रभावित

सुर्खेत,९ भदौ सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने पञ्चपुरी नगरपालिका वडा नं १० को नार्सी र ११ का जामु, गल्फा लगायतका गाउँका नागरिक भाइरल ज्वरोले थलिएका