• मंगलबार ८-५-२०७४/ Tuesday 21-11-17
  • ०८:०९

On Air : बुुलबुले हालखबर

Up Next : देशप्रदेश

आगामी चुनावमा पनि कांग्रेससंग तालमेल हुन्छ : प्रचण्ड


सुर्खेत,९ भदौ
नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनाबमा पनि कांग्रेस माओबादी गठबन्धन कायमै रहने बताउनु भएको छ । पाटी कार्यक्रमलाइ सम्बोेधन गर्न सुर्खेत आउनुभएका प्रचण्डले आगामी प्रदेश र संघको चुनावमा नेपाली कांग्रेससंग चुनावी तालमेल कायमै रहने बताउनुभयो । यद्धपी बिचार मिल्ने अरुपाटीसंग पनि चुनावी तालमेल हुन सक्ने उहांले बताउनुभयो ।    पुर्व प्रधानमन्त्री समेत रहेका  दाहालले पत्रकार सम्मेलनमा माओवादीमा विभाजन भएकै कारण २०७० को संविधान सभाको निर्वाचन र स्थानीय तहको निर्वाचनमा अनपेक्षित हार भएको बताउनुभयो । हामी आपसमा फुटेर अघि बढ्यौं फलस्वरुप जनता र कार्यकर्तामा फ्रस्टेसन आयो । अनि हामी तेस्रो भयौं  उहाले भन्नुभयो अब माओवादीमा अहंकार छैन, हामीले अहँकार त्याग गरिसकेका छौं । अध्यक्ष प्रचण्डले बैद्य, डा बाबुराम र विप्लवलाई माओवादी केन्द्रमा फर्कन आव्हान समेत गर्नुभयो । उहाले नेपालमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्न सबै राजनीतिक दलहरुसँग छलफल गर्ने बताउनुभयो । नेकपा माओवादी केन्द्रको ६ नं. प्रदेशस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागि हुन प्रचण्ड सुर्खेत आउनुभएको हो ।संविधान संशोधन विधेयक निर्णयार्थ पेश भइसकेकाले तत्काल संविधान संशोधनको प्रस्ताव नलगिने अध्यक्ष प्रचण्डले बताउनुभयो । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि संविधान संशोधनको प्रस्ताव लगिने भन्ने भनाइप्रति आपत्ती जनाउदै प्रचण्डले  भर्खरै संविधान संशोधन विधेयक संसदबाट फेल भएकोले तत्काल संविधान संशोधन सम्भव नरहेको बताउनुभयो । उहासंगै पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, शक्ति बस्नेतलगायतका नेताहरु समेत सहभागी हुनुहुन्छ । प्रशिक्षण कार्यक्रममा प्रदेश नं. ६ का जिल्ला इन्चार्जहरुले राजनीतिक र संगठनात्मक रिपोर्ट पेस गर्नेछन् ।
 

प्रतिकृया दिनुहोस

बाँकेका विद्यार्थीको पढाइ प्रभावित

नेपालगन्ज, ५ भदौ  एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

खोलाले बगाएर वडा सदस्यको मृत्यु

डडेल्धुरा, ५ भदौ ।  डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले

मध्यपश्चिमका बाढी प्रभावितलाई राहत वितरण

सुर्खेत,५ भदौ मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।