• मंगलबार ८-५-२०७४/ Tuesday 21-11-17
  • ०८:०७

On Air : बुुलबुले हालखबर

Up Next : देशप्रदेश

१ सय ९५ प्रहरी जवान दिक्षित


सुर्खेत,१० भदौ
प्रहरी जवान आधारभूत तालिम १ सय ३३ औ समुहवाट सुर्खेतमा तालिम सम्पन्न गरेका १ सय ९५ जना आधारभुत प्रहरी जवान दिक्षित भएका छन । मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले आयोजना गरेको दिक्षान्त समारोहमा नेपालगंज तालिम केन्द्रवाट सुर्खेतमा आएर ९ महिने आधारभूत तालिम सम्पन्न गरेपछी दिक्षित भएका हुन । ईफेक्ट दिक्षान्त समारोहमा मध्यपश्चिमका क्षेत्रिय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शरद चन्दले १ सय ९५ जना जवानहरुलाई लाई पद तथा गोपनीयताको सपथ ग्रहण समेत गराउनुभयो  । डीआईजी चन्दले तालिममा हासील गरेका ज्ञान सिपलाई व्यवहारमा लागु गर्न आग्रह गर्दै समय सापेक्ष रुपमा आफुलाई परिवर्तन गर्दे लैजानु पर्ने बताउँनु भयो । कुनै एक प्रहरी कर्मचारीले गरेको गलत व्यवहारका कारण समग्र प्रहरीको निष्ठामाथि जनताले प्रश्न उठाउन सक्ने भएकाले प्रहरीको छवि उच्च बनाउने काम गर्न जवानहरुलाई सुझाब दिनुभयो  । डिआईजी चन्दले जिम्मेवार र उत्तरदायि भएर काम गर्न समेत दिक्षित हुने प्रहरी जवानहरुलाई  निर्देशन दिनुभयो  ।  यसैबिच तालिम अवधिमा उत्कृष्ठ हुने ८ जना प्रशिक्षार्थिहरलाई सम्मान गरीएको छ । सम्मानित हुनेहरुमा रोहीत डगौरा,चक्र रावत,प्रेम चौधरी,भक्तबहादुर रावत,बिर्खबहादुर रावत,कृष्ण मल्ल,भूवन भण्डारी र जनक शाही रहेका छन  । यस्तै दिक्षान्त समारोहमा ७ जना प्रशिक्षकहरुलाई पुरस्कृत गरीएको छ । पुरष्कृत हुनेहरुमा प्रहरी जवान श्यामलाल चौधरी,लक्ष्मण बिक,प्रशिद्ध स्वर्णकार,हवल्दार गणेश बटाला,मानबहादुर हमाल,असई सुनिल चौधरी र सई लोकेन्द्रबहादुर चन्द रहनु भएको छ ।
 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा सप्तकोशी र लक्ष्मणपुर बाँध पनि ||

५ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा सप्तकोशी सम्झौता र लक्ष्मणपुर बाँधबारे भारतीय पक्षसँग छलफल गर्ने भएका छन् ।

विपक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी

कठमाडौँ, भदाै ५ राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसदलाई व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थित भई संसदमा पेश भएको संविधान संशोधन

मालपोत कार्यालयद्वारा एक करोड राजस्व संकलन 

जुम्ला ९ भदौ जिल्ला मालपोत कार्यालय जुम्लाले आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न शीर्षकबाट रु एक करोड सात लाख ८९ हजार राजस्व संकलन भएको छ ।  लिखत