• मंगलबार ८-५-२०७४/ Tuesday 21-11-17
  • ०७:५९

On Air : भुकम्पिय सुरक्षा

Up Next : बुुलबुले हालखबर

होटल मालिकले गरे आफ्नै ग्राहकको हत्या


सुर्खेत,१० भदौ
सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा एक होटल सञ्चालकले ग्राहकको हत्या गरेको छन् । वीरेन्द्रनगर–६ शनिहल लाइनमा रहेको मामा भाञ्जा होटलका सञ्चालक देवीप्रसाद ढकालले कालीकोट तिलागुफा नगरपालिका–११ का रतन शाहीको हत्या गरेका हुन् । सोही होटलमै बसेर अध्ययन गर्दै आएका ३२ वर्षिय शाहीको शुक्रबार साँझ सात बजेतिर बञ्चरोले हत्या गरेर ढकाल फरार भएका थिए । प्रहरीले ढकाललाई वीरेन्द्रगरकै गणेशचौकबाट पक्राउ गरेको छ । अत्यधिक मादक पदार्थ सेवन गरेका ढकालले शाहीको किन हत्या गर्ने भन्ने बारे केही नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले जानकारी दिए । उनले यस विषयमा अनुसन्धान थालिएको बताए । यो घटनासंगै सुर्खेतमा पछिल्लो दुई हप्तामा तीन जनाको हत्या भएको छ ।

प्रतिकृया दिनुहोस

प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा सप्तकोशी र लक्ष्मणपुर बाँध पनि ||

५ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा सप्तकोशी सम्झौता र लक्ष्मणपुर बाँधबारे भारतीय पक्षसँग छलफल गर्ने भएका छन् ।

विपक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी

कठमाडौँ, भदाै ५ राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसदलाई व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थित भई संसदमा पेश भएको संविधान संशोधन

मालपोत कार्यालयद्वारा एक करोड राजस्व संकलन 

जुम्ला ९ भदौ जिल्ला मालपोत कार्यालय जुम्लाले आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न शीर्षकबाट रु एक करोड सात लाख ८९ हजार राजस्व संकलन भएको छ ।  लिखत