• आइतबार ६-८-२०७४/ Sunday 24-09-17
  • ०९:४१

On Air : साझा सवाल

Up Next : समापन

सुर्खेतमा थपिए २२ हजार नंया मतदाता 


सुर्खेत,११ भदौ
सुर्खेतमा   साढे २२ हजार नयाँ मतदाता थपिएका छन् । गत साउन १ गतेदेखि फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत जिल्लाका ९ वटा स्थानीय तहमा गरी २२ हजार ७ सय ४२ जना नयाँ मतदाता थपिएका हुन्  । मतदाता नामावली दर्ता गराउँने पुरुष भन्दा महिला बढी छन् । जसमा १२ हजार १ सय ६१ जना महिला र १० हजार ५ सय ८१  पुरुष गरी २२ हजार ७ सय ४२ जना मतदाता थपिएको कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्ला निर्वाचन कार्यालय सुर्खेतका अनुसार गुर्भाकोट नगरपालिकामा १ हजार  ५ सय ७५ जना महिला र १ हजार ३ सय १५ गरी जम्मा २ हजार ८ सय ९० जना मतदाता थपिएका छन् । यसैगरी, चिङगाड गाउँपालिकामा २ सय ५५ महिला र २ सय ४२ जना पुरुष गरी जम्मा ४ सय ९७ जना नागरिकले मतदाता नामावली दर्ता गराएका छन् । चौकुने गाउँपालिकामा जम्मा ७ सय ६४ जना मतदाताहरु थपिएका छन् । जसमा ३ सय ६२ जना महिला र ४ सय २ जना पुरुष रहेका छन् ।  पञ्चपुरी नगरपालिकामा ७ सय १९ जना महिला र ६ सय ८४ जना पुरुष गरी १ हजार ४ सय ३ जना नयाँ मतदाता थपिएका छन् । यसैगरी, बराहताल गाउँपालिकामा ५ सय २२ जना महिला र ५ सय २ जना पुरुष गरी जम्मा एक  हजार २४ जना नागरिकले यस पटक नामावली दर्ता गराएको निर्वाचन कार्यालयको तथ्यांकमा उल्लेख छ ।  भेरीगंगा नगरपालिकामा १ हजार ६ सय ६ जना महिला र १ हजार  १ सय १० जना पुरुष गरी २ हजार ७ सय १६ जना मतदाता थपिएका छन् । कार्यालयको तथ्यांकअनुसार लेकबेशी नगरपालिकामा १ हजार ५ सय ५१ जना नयाँ मतदाता थपिएका छन् । जसमा ८ सय २५ जना महिला र ६ सय २६ जना पुरुष रहेका छन् ।   यसैगरी सीम्ता गाउँपालिकामा ६ सय ८२ जना महिला र ५ सय ९७ जना पुरुष गरी १ हजार २ सय ७९ जना मतदाता थपिएका छन् । यस्तै, वीरेन्द्रनगर नगरपालिकामा जिल्ला अन्य तह भन्दा बढी मतदाता नामावली संकलन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । जसमा ५ हजार ६ सय १५ जना महिला र ५ हजार २ जना पुरुषले नामावली दर्ता गरेका छन् । जसअनुसार वीरेन्द्रनगर नगरपालिकामा मात्रै १० हजार ६ सय १७ जना नागरिकले नयाँ मतदाता नामावली दर्ता गराएका छन् ।  कार्यालयले  ३५ दिनसम्म जिल्ला र ९ वटा स्थानीय तहमार्फत नयाँ मतदाताको नाम संकलन र अद्यावधिक गरेको थियो । 
 

प्रतिकृया दिनुहोस

सुर्खेतमा थपिए २२ हजार नंया मतदाता 

नेपालगन्ज, ५ भदौ  एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

सुर्खेतमा थपिए २२ हजार नंया मतदाता 

डडेल्धुरा, ५ भदौ ।  डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले

सुर्खेतमा थपिए २२ हजार नंया मतदाता 

सुर्खेत,५ भदौ मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।