• आइतबार ६-८-२०७४/ Sunday 24-09-17
  • ०९:४२

On Air : साझा सवाल

Up Next : समापन

टिकापुर घटना र यस्को दुई बर्ष

चेत नारायण पाण्डेय


कैलालीमा आन्दोलनका कारण सामाजिक सद्भाव खल्बलिने स्थिति देखापरेपछि ६ भाद्र २०७२ मा कैलालीका प्रमुख दलहरु, आन्दोलनकारी र स्थानीय प्रशासनबीच आन्दोलन शान्तिपूर्ण गराउने सहमति भएको थियो । शुरुमा ‘अखण्ड सुदुरपश्चिम’ र पछिल्लो समय ‘थरुहट प्रदेश’को माग गर्दै भइरहेका प्रदर्शन क्रमशः सामाजिक सद्भाव खल्बल्याउने दिशामा अग्रसर भएपछि यस्तो सहमतिले परिस्थिति केही सहज हुने आकलन गरिएको थियो । तर, सहमतिपछि पनि परिस्थिति सहज हुने संकेत देखिएन । आन्दोलनका क्रममा उत्पन्न हुनसक्ने चुनौतीलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले टीकापुर नगरपालिका क्षेत्रमा निषेआज्ञा जारी गरेको थियो । ७ भाद्रमा निषेधाज्ञा तोड्ने र नगरपालिका क्षेत्रमा ‘थारु स्वायत्त प्रदेश’ लेख्ने भन्दै आन्दोलनकारीले गाउँ गाउँबाट मान्छे जम्मा गरेर टीकापुरतर्फ ल्याइरहेका थिए ।


मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिब एवम् कैलाली–३ बाट निर्वािचत सभासद रामजनम चौधरीले प्रहरीले गोली चलाएपछि भीड उत्तेजित भएको दाबी गरे पनि प्रहरी अधिकारीहरु सम्झउन गएका एसएसपी न्यौपानेमाथी नै आक्रमण भएपछि गोली चलाइएको बताए । “प्रहरीलाई हदैसम्म संयमित हुन आदेश थियो, त्यही भएर एसएसपी न्यौपाने आफै भीडलाई सम्झाउन पुग्नुभयो” प्रहरी प्रधान कार्यालयका एक अधिकारीले, “प्रहरीले आत्मरक्षाका लागि समेत बल प्रयोग गर्न नपाएको बताए ।” मुनुवातर्फबाट टीकापुर प्रवेश गर्ने नाकामा यति भयानक घटना हुनुमा विभिन्न कारण छन् । चर्चा गरिएजस्तो सबैतिरबाट आन्दोलनकारी टिकापुर पस्ने प्रयास गरेनन् र अन्य क्षेत्रमा आन्दोलनकारीको थोरै संख्या थियो, तर यो नाकाबाट हजारौं आन्दोलनकारी आएका थिए ।

टीकापुर नगरका चारैतिरबाट आन्दोलनकारी निषेधाज्ञा तोडेर नगरक्षेत्रमा पस्ने तयारी गरेको थाहा पाएपछि चारैतिर प्रहरी तैनाथ गरिएको थियो । त्यसमध्ये सबैभन्दा ठूलो समूह आइरहेको पश्चिमतर्फको नाकामा ३५–४० जना प्रहरी तैनाथ गरिएका थिए, जसको नेतृत्व प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेले गर्नुभएको थियो । आन्दोलनका क्रममा अप्रिय घटना नहोस् भनेरै सेती अञ्चल प्रहरी प्रमुख एसएसपी न्यौपाने तीन दिनअघि धनगढीबाट टिकापुर पुग्नुभएमने थियो । कैलाली क्षेत्र नम्बर ३ अन्तर्गतका गाउँहरुबाट जम्मा भएर पश्चिमतर्फको मनुवातिरबाट आइरहेका हजारौंको भीडलाई रोक्न खटिएका एसएसपी न्यौपाने भीडलाई संयमित रहन र निषेधाज्ञा नतोड्न माइकिङ गर्दै हुनुहुन्थयो । टीकापुरको पश्चिम क्षेत्रबाट आईरहेका आन्दोलनकारी मुनुवा र टीकापुर नगरपालिकाको सीमामा पर्ने पशु हाटबजार नजिक प्रहरीको जम्काभेट भयो । आन्दोलनकारीलाई संयमित हुन आग्रह गर्दै भीडको नजिक पुगेका एसएसपी न्यौपानेलाई नियन्त्रणमा लिई एक्कासी भालाले आक्रमण गरेको थियो । त्यसपछि अनियन्त्रित बनेको भीडले प्रहरीमाथि हँसिया, भाला, बञ्चरो लगायतका घरेलु हतियारबाट आक्रमण गरेका थिए । आक्रमणसँगै स्थिति नियन्त्रणबाहिर गएपछि प्रहरीले गोली चलाउन खोज्यो । “फायर गर्न खोज्ने प्रहरी पनि भीडबाट मारिए” एक सुरक्षा अधिकारीले भने, “भीडबाट भएको आक्रमणको प्रतिकार गर्नसक्ने अवस्था नै भएन ।”


प्रहरी प्रधान कार्यालयबाट घटनाको सत्य तथ्य छानबिन गर्नभनि भाद्र ८ गते कैलालीमा आएका प्रहरी अधिकृतले ४५ दिनमा घटनाको फाएल प्रधान कार्यालयमा पु¥याय तर फाएल अगाडि बढेन । कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठका अनुसार करिब २० हजार आन्दोलनकारी घरेलु हतियारसहित टीकापुर पस्न खोजेका थिए । अघिल्लो दिन ‘थरुहट प्रदेश’का लागि आन्दोलनरत दल, समूह र प्रशासनबीच भएको सहमतिका आधारमा आन्दोलन शान्तिपूर्ण हुने आकलन गरियो, जसले गर्दा टीकापुर प्रवेश गर्ने नाकामा खासै ठूलो संख्यामा प्रहरी तैनाथ भएनन् । तर, दुवै खाले आकलन असफल भए र यति विभत्स घटना भएको थियो । घटनामा एसएसपी न्यौपानेसहित ५ प्रहरी, दुइ सशस्त्र प्रहरी र एक नाबालकको मृत्यु भएको थियो ।


“यो क्षेत्रमा कहिल्यै नदेखिएका अनुहार थिए्, उनीहरुको योजना नै आक्रमण गर्ने देखियो” नाम उल्लेख गर्न नचाहने एक सुरक्षा अधिकारीले भने, “मट्टीतेल र पेट्रोल बोकेर आएका थिए, आक्रमणपछि भुईंमा लडेका सुरक्षाकर्मीलाई आगो लगाएर मारियो, यो आन्दोलनको तात्कालिक आक्रोश हुँदै होइन ।” केही दिनअघि टीकापुरमा आयोजित सभामा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र कांग्रेस सभासद अमरेशकुमार सिंहले उत्तेजक भाषण गरेका थिए । उनिहरुले अधिकारका लागि आन्दोलनरत थारु समुदायलाई ‘घरेलु हतियार लिएर जाइलाग्न’ उनीहरुले उक्साएका थिए । “त्यसपछि नै आन्दोलन उग्र बन्नथाल्यो, त्यही खतरा देखेर भाद्र ६ गतेमात्रै आन्दोलन शान्तिपूर्ण बनाउने सहमति भएको हो। अखण्ड सुदुरपश्चिम पक्ष, थरुहट पक्ष, जिल्लाका प्रमुख राजनीतिक दल र प्रशासनबीच भएको सहमतिले गर्दा यति विभत्स घटना हुने आकलन नै गरेको थिएन्न । उनिहरु बिच एक अर्काको आन्दोलनमा हस्तक्षेप नगर्ने लगाएत सहमति भएको थियो । त्यहीकारण भीडलाई सम्झाई बुझाई गर्न एसएसपी नै अघि सरेका थिए । सुरक्षा अधिकारीहरुले टिकापुरमा भएको घटनामा आन्दोलनकारी थारु समुदायसँगै विभिन्न समूहको घुसपैठ भई प्रहरीमाथि निर्ममतापूर्वक आक्रमण भएको बताएर घटकाबाट पन्छिन खाजेको जस्तो देखिन जान्छ ।

 
आन्दोलनकारीतर्फ कोही हताहत भए÷नभएको प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले पुष्टि गर्न चाहेन । केही घाइते भएको बताइएपनि त्यसको एकिन पुष्टि भएन । घटनास्थल नजिकै सशस्त्र प्रहरी बलको उग्रतारा गण छ । प्रहरीमाथि आक्रमण भएलगत्तै मद्दतका लागि पुगेका सशस्त्र प्रहरीमाथि समेत आक्रमण भएको थियो । त्यसक्रममा दुइजना सशस्त्र प्रहरी हवल्दारको ज्यान गयो,  अरु कैयौंले भागेर ज्यान जोगाए । केहि प्रहरीलाई धा न खेतमा पेट्रोल र्छोर जलाईयो त  केहिलाई भाला रोपेर मारीएको थियो । कैलाली जिल्ला अदालतमा मुद्दा चल्यो २९ जनालाई सजाएको भागेदार भए तर मुख्य अभियुक्त भनिने व्यक्ति रेशम चौधरी फरार सुचिमा राखियो।  

 

केन्द्रीय सुरक्षा समितिले दिएको निर्देशन अनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय गरेर भाद्र ७ गते साँझ टीकापुरमा सेना परिचालन गरिएको थियो । दिउँसोको घटनापछि रातिसम्म पनि टीकापुर तनावग्रस्त भएको थियो । कफ्र्यु लगाइएपनि आसपासका क्षेत्रमा आन्दोलनकारी एकिकृत रहेको सूचना आएको सुरक्षा अधिकारीहरु बताए पनि कहाँ भनेर कसैलाई बताईएन र एकाएक ३(४ गाडि प्रहरी गए सो क्षेत्रमा निग्रानी बढाए पछि मात्र थाहा भयो कि त्यो भजनि, दुर्गौली र पथरीया गाविस क्षेत्र रहेको थियो । टीकापुर नगरछेउमा भएको यो घटनापछि गाउँ गाउँमा त्रासको माहोल बनेको थिए । “कैलाालीका धेरै ठाउँमा थारु र अन्य समुदायको मिश्रित बसोबास छ, दुवै समुदायले आफूलाई खतरा महशुस गरिरहेका छन्” उनले भने, “हामी टिकापुरमा केन्द्रित छौं, गाउँमा गएर अबस्था सामान्य बनाउने प्रयास हुनसकेको छैन ।” इलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी सहायक निरीक्षकले बताएका थिए ।

 

दिन बित्यो, महिना बित्यो बर्ष बित्यो तर पिडितले न्याय पाएन्न । पिडकले सजाय पाएन्न। पाएत केबल आश्वासन मात्र र देशमा कानुनी शासनको खिल्ली उड्यो। पुःन सोहि मुद्दा हेरफेर नगरी फरार सुचिमा रहेका मुख्य अभियुक्त भनिने व्यक्ति रेशम चौधरीले नेपाल सरकारबाट फुलबारी एफ. एम. र फुलबारी रिसोटको क्षेति पुर्ति बाफत २०७४ जेष्ठ ४ गते रु १ करोड ७४ लाख पाए । र यो मुद्दा सर्बोच्च अदालतमा रहदाँ बारम्बार सरकारबाट राजनितिक मुद्दा भन्दै फिर्ता लिने प्रयास गर्दा कतै सरकारमा रहेका पार्टिको स्वार्थ त छैन् भन्ने आसंका जनमानसमा फैलाएको छ । सरकार यसको निष्पक्ष छानबिन गरी पिडितलाई न्याय, पिडकले सजाय र देशमा कानुनी शासनको महसुस दिलाउनुपर्छ ।
अन्तमा टिकापुर घटनामा मृतक प्रति भावपुर्ण हार्दिक श्रदान्जली !!
(लेखक बुलबुले एफ. एम. सर्खेतका प्राविधिक हुन् ।)

 

प्रतिकृया दिनुहोस

टिकापुर घटना र यस्को दुई बर्ष

सूर्यप्रकाश कँडेल                             विश्वको रेडियो प्रसारणको इतिहास हेर्ने हो भने विद्युतीय चुम्बकीय