• मंगलबार ८-५-२०७४/ Tuesday 21-11-17
  • ०८:१०

On Air : देशप्रदेश

Up Next : नेपाल खबर

हुण्डी कारोबारीविरुद्ध चार अर्ब १४ करोडको विगो दाबीसहित मुद्दा दायर

१२ भदौ, काठमाडौं । हुण्डी कारोबारीविरुद्ध सर्वाधिक राशीको विगो दाबीसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

राजश्व अनुसन्धान बिभागले चार अर्ब १४ करोडको विगो दाबीसहित सोमबार मुद्दा दायर गरेको हो । दलबहादुर पुन, लव कुमार नेपाल, मिलिमा थामी राई, राजेन्द्र गुरुङ, विद्यादेवी गुरुङ, मिलन गुरुङ र धरम गुरुङविरुद्ध मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले करीव १ वर्षको अध्ययनपछि उनीहरुविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।

डेढ वर्षअघि काठमाडौं प्रहरीले सुनधाराको जेबो ट्राभल्समा छापा मारी १२ लाख रुपैयाँ विदेश पठाउन लागिएको हुण्डी रकम जफत गरेको थियो । हुण्डी सहित उक्त कम्पनीबाट कामदार दलबहादुर पुन र लवकुमार नेपाललाई पक्राउ गरेको थियो । उक्त ट्राभल्सका मालिक मिलन गुरुङ र धरम गुरुङ हुन उनिहरू बेलायत बसेर हुण्डि कारोबार गर्ने गरेको विभाग स्रोत बताउँछ । तत्कालिन समयमा प्रहरीले छापा मार्दा ट्राभल्सबाट राजेन्द्र गुरुङ र विद्यादेवी गुरुङको नाममा काटिएको ५० लाखको चेक जफत गरेको थियो ।

विभागले ट्राभल्सको डाटा इन्ट्री गर्ने कम्प्युटर जफत गरेर अध्ययन गरेको थियो । उक्त कम्प्युटरको साढे ४ महिनाको डाटा इन्ट्रीमा ४ अर्ब रुपैयाँको हुण्डि रकम देखिएको थियो । विभागले निर्देशक रामप्रसाद रेग्मीलाई अनुसन्धान अधिकृत तोकेर अध्ययन अघि बढाएको थियो । विभागका अनुसार यो अहिलेसम्मकै ठूलो बिगो रकम दावी गरिएको मुद्दा हो ।

प्रतिकृया दिनुहोस

फस्टाउदै बिमा व्यवसाय

८ भदौ, गत आर्थिक वर्ष ०७३/७४ को अन्त्यसम्ममा निर्जीवन बिमा कम्पनीहरूले १५ लाख ९३ हजार ४ सय २७ बिमा योजना जारी गरेका छन् । यो संख्या अघिल्लो आवको सोही

रेमिट्यान्स वृद्धिदर घट्यो

काठमाडौं १२ भदौ,  बैदेशिक रोजगारमा जाने कामदारको संख्या घटेसँगै अर्थतन्त्रको मुख्य आधार रहेको रेमिट्यान्स आप्रवाहको वृद्धिदरमा गिरावट आएको छ ।

एनआएनको लगानीमा ७५० शैयाको अस्पताल

गैरआवासीय नेपालीको लगानीमा ७५० शैयाको नेपाल मेडीसीटी अस्पताल स्थापना गरिएको छ । ललितपुरको भैंसेपाटीमा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र