• आइतबार ६-८-२०७४/ Sunday 24-09-17
  • ०९:३९

On Air : साझा सवाल

Up Next : समापन

यसरी भयो सुर्खेतमा निर्वाचन क्षेत्र निर्धारण


सुर्खेत,१५ भदौ
निर्वाचन क्षेत्र निर्धारण आयोगले सुर्खेत जिल्लामा प्रतिनिधि सभाका लागि २ र प्रदेश सभाका लागि ४ वटा क्षेत्र निर्धारण गरेको छ । यस अघि तीन वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा प्रतिनिधि सभाका लागि २ वटा मात्रै क्षेत्र निर्धारण भएपछि पुरानो सिमाङकन तोडमोड भएको छ । यस अघिको क्षेत्र नं. २ लाई टुक्रयाएर १ र २ नम्बरमा राखिएको छ । पहिलेको क्षेत्र नं. ३ मा रहेको तत्कालीन लेखपराजुल गाविस पनि अहिले क्षेत्र नं. १ मा परेको छ । यस अघि पूर्वी सुर्खेत १ नम्बर, उत्तर÷मध्य सुर्खेत २ नम्बर र पश्चित सुर्खेत ३ नम्बर निर्वाचन क्षेत्रमा रहेका थिए  नयाँ क्षेत्र निर्धारण अनुसार उत्तर÷पूर्वी सुर्खेत १ नम्बर क्षेत्रमा परेको छ भने पुरानो वीरेन्द्रनगर नगरपालिकाको ठूलो भागसहित पश्चिम सुर्खेत २ नं. क्षेत्रमा विभाजित गरिएको छ । प्रतिनिधि सभा र प्रदेश सभाका लागि नयाँ क्षेत्र निर्धारणका क्रममा सुर्खेतका ९ स्थानीय तह मध्ये वीरेन्द्रनगर नगरपालिका टुक्रिएको छ । यस अघि निर्वाचन क्षेत्र न.२ मा रहेको वीरेन्द्रनगर नयाँ क्षेत्र निर्धारणअनुसार १ र २ मा परेको छ । वीरेन्द्रनगर नगरपालिकाका १५ र १६ नम्बर वडाहरु १ नम्बर क्षेत्रमा परेका छन् भने बाँकी १ देखी १४ नं. वडाहरु क्षेत्र नं. २ मा राखिएको छ । यस्तै प्रदेश सभाका लागि निर्धारण गरिएको क्षेत्रहरुमा पनि वीरेन्द्रनगर नगरपालिका विभाजित भएको छ । प्रदेश क्षेत्र अन्तर्गत वीरेन्द्रनगरका १५ र १६ नं. वडा २ नं. क्षेत्रमा परेका छन् भने बाँकी १ देखी १४ वडाहरुको एउटै क्षेत्र निर्धारण गरिएको छ । 
प्रतिनिधि सभाका २ निर्वाचन क्षेत्रमध्ये पूर्वी सुर्खेतमा पर्ने १ नं. क्षेत्रमा सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका, चिङगाड गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाका १५ र १६ वडा परेका छन्  यस्तै क्षेत्र नं. २ मा वीरेन्द्रनगर नगरपालिकाका १ देखि १४ वडा, बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका रहेका छन् । प्रतिनिधि सभाका लागि ४ निर्वाचन क्षेत्र निर्धारण गरिएको सुर्खेतमा १६ वडा रहेको वीरेन्द्रनगर नगरपालिकाका १५ र १६ नं. वडा छुट्याएर छुट्टै निर्वाचन क्षेत्र बनाइएको छ । 
 

प्रतिकृया दिनुहोस

यसरी भयो सुर्खेतमा निर्वाचन क्षेत्र निर्धारण

नेपालगन्ज, ५ भदौ  एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

यसरी भयो सुर्खेतमा निर्वाचन क्षेत्र निर्धारण

डडेल्धुरा, ५ भदौ ।  डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले

यसरी भयो सुर्खेतमा निर्वाचन क्षेत्र निर्धारण

सुर्खेत,५ भदौ मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।