• मंगलबार ८-५-२०७४/ Tuesday 21-11-17
  • ०८:०९

On Air : बुुलबुले हालखबर

Up Next : देशप्रदेश

मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस 


काठमाडौं, भदौ २०  
अबको गन्तव्य, मानव बेचबिखनको अन्त्य भन्ने नाराका साथ मंगलबार मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाईंदैछ ।
सार्कको ११ औँ सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखन विरुद्घको सार्क महासन्धि २००२ लाई तत्कालीन व्यवस्थापिका संसदबाट २०६३ भदौ २० गते अनुमोदन भएपछि त्यहि दिनको सम्झनामा २०६४ सालदेखि मानव बेचबिखन विरुद्घको राष्ट्रिय दिवस मनाउन सुरु गरिएको हो ।
अन्तर्रा्ष्ट्रिय स्तरमा भने जुलाई ३० तारिखमा यो दिवस मनाइन्छ । सरकारले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र नियमावली, २०६५ को व्यवस्था गरी कार्यान्वयनमा ल्याइसकेको छ । संविधानले नै मौलिक हकमा कसैलाई पनि बेचबिखन गर्न वा दास बनाएर राख्न नपाइने व्यवस्था गरेको छ ।
तर अझै पनि गरिबी, अशिक्षा, बेरोजगारी, देखासिकी, असुरक्षित आप्रवासन, लैंगिक हिंसा तथा प्राकृतिक प्रकोपका कारण आफ्नो बासस्थानबाट विस्थापित हुँदा महिला तथा बालबालिका बेचबिखन र ओसारपसारको जोखिममा पर्ने गरेका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदनमा आर्थिक वर्ष २०७२र०७३ मा ६ हजार १ सय महिला तथा बालिका बेचबिखनमा परेको उल्लेख छ । नेपालमा बेचबिखनमा पर्नेमध्ये सयमा ९८ जना महिला छन् ।
 

प्रतिकृया दिनुहोस

बाँकेका विद्यार्थीको पढाइ प्रभावित

नेपालगन्ज, ५ भदौ  एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

खोलाले बगाएर वडा सदस्यको मृत्यु

डडेल्धुरा, ५ भदौ ।  डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले

मध्यपश्चिमका बाढी प्रभावितलाई राहत वितरण

सुर्खेत,५ भदौ मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।