• आइतबार ६-८-२०७४/ Sunday 24-09-17
  • ०९:४२

On Air : साझा सवाल

Up Next : समापन

जनप्रतिनिधीबाट घुस नखाने सामुहिक प्रतिवद्धता

भदौ २३ सुर्खेत, सुर्खेतका निर्वाचित जन प्रतिनिधीहरुले घुस नखाने प्रतिवद्धता जनाएका छन। भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनका लागि सामुहिक हस्ताक्षर अभियानमा उनिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन्न । सुर्खेत जिल्लामा निर्वाचित स्थानिय तहका जनप्रतिनिधीहरु तथा सरोकारवाला निकायहरुका प्रमुख तथा प्रतिनिधीहरुले प्रतिवद्धता सहित “म घुस खान्न, दिन्न र सहन्न” भनि सामुहिक हस्ताक्षर गरेका छन् ।
लामो राजनीतिक संक्रमणकाल पछि नयाँ संरचना अन्र्तगत २० वर्षपछि भएको स्थानीय तहमा जनप्रतिनीधिका रुपमा निर्वाचित भएर काम गर्न पाएको अवसर हाम्रो लागि ऐतिहासिक छ । जनताका धेरै अपेक्षाको बीच सक्केसम्म उदाहरणीय काम गरेर देखाउछु भन्ने मेरो प्रतिवद्धता छ भन्ने वाक्यासंमा सामुहिक हस्ताक्षर गरेका छन ।
जिल्ला समन्वय समिति सुर्खेत, सुन्दर नेपाल संस्था, स्याक नेपाल, इन्सेक लगाएतका नागरिक समाजको संयुक्त आयोजनामा संचालित कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देलले हस्ताक्षर गरि कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख रविलाल पन्थले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनमा सरोकारवालाको भुमीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । पन्थले भ्रष्टाचार हुनुको कारण, कानुनी प्रावधान र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारका विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।  कार्यक्रममा राजनितिक दलका प्रतिनिधी तथा नागरिक समाजका व्यक्तिहरुले शक्तिको आडमा गरिने भ्रष्टाचार अन्त्य नगरेसम्म मुलुकमा सुशासन कायम गर्न नसकिने कुरामा जोड दिएका थिए ।
यस्तै सुर्खेतका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले भौतिक सम्पतीलाई समाजले प्रमुख रुपमा लिने प्रवृति र त्यस्ता व्यक्तिहरुलाई समाजले सम्मानजनक दृष्टिले हेर्ने संस्कृतिका कारण भ्रष्टाचार बढेको बताए । कार्यक्रममा स्थानिय विकास अधिकारी अमृत लम्सालले सवै जनप्रतिनिधी र सरोकारवाला निकायहरुले आफु भ्रष्टाचार नगर्ने र नसहने प्रतिवद्धताका साथ अगाडी बढे यो न्युनिकरण हुने विश्वास व्यक्त गरे । उनले नागरिक समाजले खेलेको भुमिका प्रशंसनिय रहेको बताए । कार्यक्रम सुर्खेतका स्थानीय विकास अधिकारी अमृत लम्साललको अध्यक्षता तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख रविलाल पन्थको प्रमुख आथित्यतामा सम्पन्न भएको छ ।

 

प्रतिकृया दिनुहोस

जनप्रतिनिधीबाट घुस नखाने सामुहिक प्रतिवद्धता

नेपालगन्ज, ५ भदौ  एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

जनप्रतिनिधीबाट घुस नखाने सामुहिक प्रतिवद्धता

डडेल्धुरा, ५ भदौ ।  डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले

जनप्रतिनिधीबाट घुस नखाने सामुहिक प्रतिवद्धता

सुर्खेत,५ भदौ मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।