• आइतबार ७-५-२०७४/ Sunday 22-10-17
  • ०१:०१

On Air :

Up Next : धार्मिक कार्यक्रम

मध्यपश्चिमका बाढी प्रभावितलाई राहत वितरण


सुर्खेत,५ भदौ
मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।  जिल्लाका बाढी तथा पहिरो पीडित घरपरिवारका सदस्यलाई सरकारको तर्पmबाट जिल्ला दैवी प्रकोप उद्धार समितिमार्पmत नगद, चामल, दाल, नून, तेल, लत्ताकपडा, त्रिपाल लगायतका सामग्री उपलब्ध गराइएको छ ।  यसका साथै घर भत्केका परिवारका सदस्यलाई सुरक्षित स्थानमा शिविर खडागरी बसोबास समेत मिलाइएको र सो स्थानमा महिलामाथि हुनसक्ने सम्भावित दुर्घटनालाई दृष्टिगत गरी सुरक्षाकर्मीसमेत परिचालन गरिएको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।  जिल्लाका दैवी प्रकोप उद्धार समितिअन्तर्गत गठन गरिएका शिक्षा, स्वास्थ्य तथा सरसफाइ, पुनर्वास, राहत वितरण लगायतका कलस्टर समूहलाई पनि बाढी प्रभावित गाउँमा खटाइएको छ । यस क्षेत्रमा क्रियाशील सामाजिक तथा पेशागत संघ, संगठनले पनि बाढीपीडितका लागि संकलन गरेको सहयोग जिल्ला दैवी प्रकोप उद्धार समितिलाई उपलब्ध गराउँदै आएका छन् । केही सामाजिक संस्था भने आफैँ बाढी प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरिरहेका छन् । 
 

प्रतिकृया दिनुहोस

मध्यपश्चिमका बाढी प्रभावितलाई राहत वितरण

नेपालगन्ज, ५ भदौ  एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

मध्यपश्चिमका बाढी प्रभावितलाई राहत वितरण

डडेल्धुरा, ५ भदौ ।  डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले

मध्यपश्चिमका बाढी प्रभावितलाई राहत वितरण

सुर्खेत,९ भदौ सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने पञ्चपुरी नगरपालिका वडा नं १० को नार्सी र ११ का जामु, गल्फा लगायतका गाउँका नागरिक भाइरल ज्वरोले थलिएका