• शुक्रबार ८-२९-२०७४/ Friday 15-12-17
  • १०:०५

On Air : बुलबुले हालखबर

Up Next : गृहसंसार

एमाले सुर्खेतद्धारा चुनाव लक्षीत गतीबीधीहरुलाइ तिब्रता 


सुर्खेत,०१ असोज
नेकपा एमाले सुर्खेतले चुनाव लक्षीत गतीबीधलिाइ तिब्रता दिइरहेको छ । सरकारले आगामी संसिरमा प्रदेश र प्रतिनीधीसभा निर्वाचनको घोषणा गरेसंगै एमाले सुर्खेतपनि चुनावी अभियानमा जुटेको हो । यसैक्रममा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला बिरेन्द्रनगरमा सम्पन्न भएको छ । भेलालाइ सम्बोधन गर्दै एकाले उपाध्यक्ष एबंम प्रदेश नम्बर ६ का इन्चार्ज युवराज ज्ञवालीले देशको बिकासको लागी एमालेको बिकल्प नभएको बताउनु भएको छ । स्थानीय तह निर्वाचन देखीनै एमालेप्रति जनताको भरोषा रहेको भन्दै ज्ञवालीले आगामी प्रदेशसभा र प्रतिनीधी सभामा पनि एमाले पहिलो पाटी बन्ने दाबी गर्नुभयो । ६ नम्बर प्रदेशमा नेकपा एमालेलाइ पहीलो पाटी बनाउन एकजुट भएर लाग्न समेत उहांले कार्यकर्तालाइ निर्देशन दिनुभयो । भेलालाइ सम्बोधन गर्दै एमाले पोलिट्ब्युरो सदस्य एबंम प्रदेश नम्बर ६ का सहसंयोजक यामलाल कंडेलले एमालेप्रति जनताको लहर बढ्दै गएको भन्दै यो प्रदेशमा एमाले पहीलो पाटी बन्ने दाबी गर्नुभयो । साथै उहांले एक ढिक्का भएर आगामी चुनावको तयारीमा लाग्न आग्रह समेत गर्नुभयो । 
 

प्रतिकृया दिनुहोस

बाँकेका विद्यार्थीको पढाइ प्रभावित

नेपालगन्ज, ५ भदौ  एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

खोलाले बगाएर वडा सदस्यको मृत्यु

डडेल्धुरा, ५ भदौ ।  डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले

मध्यपश्चिमका बाढी प्रभावितलाई राहत वितरण

सुर्खेत,५ भदौ मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।