• आइतबार ७-५-२०७४/ Sunday 22-10-17
  • ०१:००

On Air :

Up Next : धार्मिक कार्यक्रम

आयल निगमका निर्देशक गोपाल खड्का निलम्बन

 

असोज २ 

काठमाडौं– नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का निलम्बनमा परेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई निलम्बन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

२०७१ माघ १४ गतेदेखि आयल निगमको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका खड्का आफ्नो कार्यकालभरि विवादित रहेका थिए । पछिल्लो पटक आयल निगमको जग्गा गरिद प्रकरणमा ठूलो रकम घोटाला गरिएको देखिएपछि भने उनलाई जिम्मेवारीबाट निलम्बन गर्ने स्थितिमा पुर्‍यायो। 

जग्गा खरिदमा भ्रष्टाचार भएको भन्दै उनीमाथि कारबाही गर्न संसदको उपभोक्ता हित समिति, आपूर्ति मन्त्रालयको छानबिन समिति तथा लेखा र सुशासन समितिले सिफारिस गरेका थिए।

संसदको तीन वटा समितिको विस्तृत अध्ययन र छलफलपछि खड्काले जग्गा खरिदमा साढे एक अर्बभन्दा बढी घोटाला गरेको तथ्य भेटिएपछि कारबाहीका लागि सिफारिस गरिएको थियो । सुशासन समितिले आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै खड्काले प्रमाण नष्ट गर्न सक्ने भन्दै निलम्बन गर्न भनेको थियो।  

प्रतिकृया दिनुहोस

आयल निगमका निर्देशक गोपाल खड्का निलम्बन

नेपालगन्ज, ५ भदौ  एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

आयल निगमका निर्देशक गोपाल खड्का निलम्बन

डडेल्धुरा, ५ भदौ ।  डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले

आयल निगमका निर्देशक गोपाल खड्का निलम्बन

सुर्खेत,५ भदौ मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।