• शनिबार ११-१२-२०७४/ Saturday 24-02-18
  • ११:४१

On Air : वनपाखा

Up Next : नेपाल खबर

सुर्खेतका स्थानीय तह र  जिससमा  को को कर्मचारी  खटिए ?


बुलबुले समाचार  कक्ष
संघिय मामीला तथा स्थानीय बिकास मन्त्रालयले स्थानीय बिकास अधिकारीहरुको सरुवा गरेको छ । लामो समयदेखी स्थानीय बिकास अधिकारीको सरुवा स्थगीत भएको थियो । स्थानीय तह निर्वाचन,कर्मचारी समाजोजनमा देखीएको बाधा लगाएतका कारण स्थानीय बिकास अधिकारीहरुको सरुवा रोकीएको थियो । जसअनुसार जिल्ल सम्वनय समीती सुर्खेतमा दुर्गा प्रसाद चालीसे आउनुहुने भएको छ । यसअघि बिदुर नगरपालीका नुवाकोटमा कार्यकारी अधिकृतको रुपमा कार्यरत चालीसे सुर्खेतका स्थानीय बासीन्दा समेत हुनुहुन्छ । उहां सावीकको गुटु हाल चौकुने गाउपालीकाको स्थानीय हुनुहुन्छ । त्यसैगरि हाल जिल्ला सम्वनय समीती सुर्खेतमा कार्यरत अमृत लम्सालको संघिय मामीला तथा स्थानीय बिकास मन्त्रालयमा सरुवा भएको छ । बिरेन्द्रगर नगरपालीकामा कृष्ण खड्का,लेकबेशि नगरपालीकामा टिकाराम ज्ञावली लाइ सरुवा गरिएको छ । यस्तै चिङगाड गाउपालीकाको कार्यकारीमा टेक बहादुर खत्रि,चौकुने गाउपालीकामा रेवत बहादुर बुढाथोकी,बराहताल गाउपालीकामा कृष्ण बहादुर पन्थी लाइ सरुवा गरिएको छ । यसैगरि हाल बांके जिल्ला सम्वनय समीतीमा कार्यरत हरि प्याकुरेलको नेपालगंज उपमहानगरपालीकामा सरुवा भएको छ । यस्तै क्षेत्रीय प्रशासन कार्यालयमा कार्यरत जगत बहादुर बस्नेतलाइ नारायण नगरपालीका दैलेखमा सरुवा गरिएको छ ।

बिस्तृतमा हेर्नको लागी 

www.mofald.gov.np/ne/node/2677

प्रतिकृया दिनुहोस

बाँकेका विद्यार्थीको पढाइ प्रभावित

नेपालगन्ज, ५ भदौ  एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

खोलाले बगाएर वडा सदस्यको मृत्यु

डडेल्धुरा, ५ भदौ ।  डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले

मध्यपश्चिमका बाढी प्रभावितलाई राहत वितरण

सुर्खेत,५ भदौ मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।