• आइतबार ७-५-२०७४/ Sunday 22-10-17
  • १२:५७

On Air :

Up Next : धार्मिक कार्यक्रम

माओबादी केन्द्र सुर्खेतले टुङग्यायो प्रदेश र प्रतिनीधीसभाका  उमेद्धार 


बुलबुले समाचार कक्ष
प्रदेश सभा र प्रतिनीधीसभाको निर्वाचन नजीकीएसंगै सुर्खेतका राजनैतीक दलहरुले पनि उमेद्धार छनोटलाइ तिब्रता दिइरहेका छन् । यसैक्रममा माओवादी केन्द्रले सुर्खेतमा उम्मेदवार टुंगो लगाएको छ । आज सम्पन्न बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु टुंगो लगाई केन्द्रमा सिफारिस गरेको हो । माओवादीले प्रतिनिधिसभाका लागि सुर्खेत क्षेत्र नं. १ मा ठम्मर बहादुर विष्ट र क्षेत्र नं. २ मा नरबहादुर विष्टलाई सिफारिस गरेको छ । ठम्मर विष्ट २०७० सालको दोस्रो संविधानसभामा पनि क्षेत्र नं. १ बाट उम्मेदवार भन्नुभएको थियो । तर उहां नेपाली कांग्रेसका उमेद्धार पुर्ण बहादुर खड्कासं पराजीत हुनुभयो । नरबहादुर विष्ट पहिलो संविधानसभाको निर्वाचनमा क्षेत्र नं. ३ बाट प्रत्यक्ष निर्वा्चित भएपनि दोस्रो चुनावमा भने तप्त बहादुर बिष्टसंग पराजीत हुनुभयो  । हाल प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि ४ निर्वाचन क्षेत्र रहेको सुर्खेतमा माओवादीले प्रदेशसभाका लागि पनि सर्वसम्मत उम्मेदवार टुंगो लगाएर केन्द्रमा सिफारिस गरेको छ । प्रदेशसभाका लागि क्षेत्र नं. १ मा जयबहादुर डाँगी, २ मा जितबहादुर राना, ३ मा गणेश भण्डारी र ४ मा विन्दमान विष्टलाई मओवादीले उम्मेदवार बनाएको छ ।

प्रतिकृया दिनुहोस

माओबादी केन्द्र सुर्खेतले टुङग्यायो प्रदेश र प्रतिनीधीसभाका  उमेद्धार 

नेपालगन्ज, ५ भदौ  एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

माओबादी केन्द्र सुर्खेतले टुङग्यायो प्रदेश र प्रतिनीधीसभाका  उमेद्धार 

डडेल्धुरा, ५ भदौ ।  डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले

माओबादी केन्द्र सुर्खेतले टुङग्यायो प्रदेश र प्रतिनीधीसभाका  उमेद्धार 

सुर्खेत,५ भदौ मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।