• आइतबार ७-५-२०७४/ Sunday 22-10-17
  • १२:५८

On Air :

Up Next : धार्मिक कार्यक्रम

आज दसैं,११ बजेर ५५ मिनेटमा साइत उत्तम

 

काठमाडौं, असोज १४ – आज दसैंको मुख्य दिन अर्थात विजयादशमी । मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा ग्रहण गरि हर्षोल्लासका साथ मनाइँदैछ ।

असत्यमाथि सत्य र आसुरी शक्ति माथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो । दसैँ घर तथा पूजा कोठामा घटस्थापनाका दिन विधिपूर्वक राखिएको जमरा आजैका दिन देवी पूजा विसर्जन गरी निकालेपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट नवदुर्गा भवानीको प्रसादका रुपमा टीका र जमरा लगाइन्छ ।

पहेँलो जमरालाई समृद्धिको प्रतीक मानिन्छ । आज गुरु पुरोहित, हजुरबा हजुरआमा, बा आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म टीका, जमरा र आशीर्वाद थाप्न मान्यजनकहाँ जाने गरिन्छ ।

त्रेता युगमा आजकै दिन भगवान रामले असत्यको प्रतीक मानिने रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास पनि छ । 

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको जनाएको छ । तर आफुलाई पायक पर्ने जुनसुकै समयमा पनि टीका लगाउन सकिने समितिका  सदस्य सचिव सुर्यप्रसाद ढुंगेलले उज्यालोलाई जानकारी दिनुभयो । उहँका अनुसार आज देवी विसर्जनको साइत बिहान ८ बजेर १ मिनेटमा  छ ।

प्रतिकृया दिनुहोस

आज दसैं,११ बजेर ५५ मिनेटमा साइत उत्तम

नेपालगन्ज, ५ भदौ  एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

आज दसैं,११ बजेर ५५ मिनेटमा साइत उत्तम

डडेल्धुरा, ५ भदौ ।  डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले

आज दसैं,११ बजेर ५५ मिनेटमा साइत उत्तम

सुर्खेत,५ भदौ मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।