• शुक्रबार ८-२९-२०७४/ Friday 15-12-17
  • १०:११

On Air : बुलबुले हालखबर

Up Next : गृहसंसार

राप्रपाको बैठक बस्दै, कमल थापा उपप्रधानमन्त्री बन्ने सम्भावना

 

काठमाडौं, असोज २३ – राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बिहान ९ बजेपछि पार्टी कार्यालयमा सुरु हुने बैठकले कांग्रेस नेतृत्वको चुनावी गठबन्धन र सरकारमा सहभागिताका बारे निर्णय गर्ने नेता सुशील श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले आइतबारसम्म कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको छलफलबारे जानकारी गराउने र त्यसमाथि केन्द्रीय कार्यसम्पादन समितिका सदस्यले धारणा राख्नेछन् । कांग्रेसले राप्रपालाई तालमेल गरेर चुनाव लड्न सहमत भए सरकारमा पनि सहभागी गराउने आश्वासन दिएको छ ।

राप्रपाका नेता श्रेष्ठले आजको बैठकले तालमेल गर्ने निर्णय गरे सरकारमा सहभागी हुने निर्णय पनि गर्ने सम्भावना रहेको जानकारी दिनुभयो । राप्रपा निकट श्रोतका अनुसार राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने सम्भावना छ । 

प्रतिकृया दिनुहोस

देउवालाई मोदीको सुझाव- सबै पक्षसँग सम्वाद जारी राख्नोस्

८ भदौ, भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजका सबै

नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर, के छ समझदारीमा??

८ भदौ, भारत र नेपालबीच आठ वटा समझदारीमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आठ सम्झौतामा हस्ताक्षर भएको छ। जसमध्ये

देउवाले एउटा गल्ती सच्याए तर अर्को गरे

९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अझै तीन दिन बाँकी छ । तर, भ्रमणको निष्कर्ष निकाल्न सकिने गरी ४६ बुँदे संयुक्त वक्तव्य