• शुक्रबार ८-२९-२०७४/ Friday 15-12-17
  • १०:१२

On Air : बुलबुले हालखबर

Up Next : गृहसंसार

यि हुन विवेकशील साझा पाटी सुर्खेतका उमेद्धारहरु 


सुर्खेत,११ कार्तीक
विवेकशील साझा पार्टीले आउँदो मंसिर २१ हुने प्रतिनिधि तथा प्रदेश सभा चुनावका लागि सुर्खेत जिल्लामा उम्मेदवारी घोषणा गरेको छ । यस पटकको चुनावमा राष्ट्रिय पार्टा बन्ने र अर्को पटक देशको नेतृत्व गर्ने लक्ष्य लिएको भन्दै विवेकशील साझा पार्टीले उम्मेदवारको नाम सार्वजनिक गरेको हो । 
रमा आचार्य, सुर्खेत क्षेत्र नं १ 
आचार्य सुर्खेत स्थित आशा नेपाल संस्थाकी संस्थापक हुनुहुन्छ । सुर्खेत लगायत विभिन्न जिल्लाका ग्रामीण भेगका नागरिकहरुलाई महिला सशक्तिकरण, गरिबी उन्मुलन जस्ता सामाजिक जनचेतनामुलक कार्यक्रमहरु आयोजना गर्ने उहाँ विभिन्न सामाजिक संस्था तथा गैर सरकारी संस्थामा आवद्ध हुनुहुन्छ । 
दिपक रेग्मी, सुर्खेत क्षेत्र नं १ (क)
गुर्भाकोट–८ सुर्खेतका रेग्मी गएको ११ वर्षदेखि पत्रकारिता क्षेत्रमा आवद्ध हुनुहुन्छ । आमसञ्चारमा स्नातक उहाँले माउन्टेन टेलिभिजन, सुर्खेतको बुलबुले एमएम लगायत अन्य एमएमहरुमा काम गरिसकेका छ । आईटीमा विशेष दख्खल दिने रेग्मी वेबडेभलपर पनि हुनुहुन्छ । 
लोकेन्द्र शाही सुर्खेत क्षेत्र नं १ (ख)
भेरीगंगा–११, सुर्खेतका शाही सामुदायिक वन उपभोक्ता समितीमा कार्यरत हुनुहुन्छ । उहाँले झण्डै ६ वर्ष सुर्खेतकै विभिन्न निजी तथा सार्वजनिक विद्यालयहरुमा अध्यापन गराउनुभएको छ ।
डा. गोविन्द आचार्य, सुर्खेत क्षेत्र नं २ 
राजनीति शास्त्रमा पिएचडि गर्नुभएका गोविन्द आचार्य नेपाल टेलिकममा ३२ वर्षसम्म प्राविधिक अधिकृतका रुपमा कार्यरत हुनुहुन्थ्यो । आचार्य २०४६ सालदेखि नेपाल ट्रेड युनियन कांग्रेसको भातृसंस्था अन्तर संस्थान कर्मचारी संघ सुर्खेतको सचिव हुनुहुन्थ्यो । उहाँ देशमा असल राजनीतिक संस्कारको स्थापना गरि देशको राजनीतिक, सामाजिक र आर्थिक विकास गर्नुको साथै देश तथा समाजमा विकास, शुसासन र सामाजिक न्यायको स्थापना र अभिवृद्धि गर्न आफू राजनीतिमा आएको बताउनुहुन्छ । 
ओमदत्त रेग्मी, सुर्खेत क्षेत्र नं २ (क)
वीरेन्द्रनगर, ७ सुर्खेतका ओमदत्त रेग्मी पेशाले सिभिल ईन्जिनियर हुनुहुन्छ । ३३ वर्ष सरकारी सेवामा ईन्जिनियर भएर काम गर्नुभएका उहाँ सुर्खेत जिल्लामा विपश्यना ध्यान केन्द्रका संस्थापक सदस्य समेत हुनुहुन्छ । 
पदमप्रसाद खनाल, सुर्खेत क्षेत्र नं २ (ख)
पञ्चपुरी, ४, सुर्खेतका खनाल कम्प्युटर ईन्जिनियर तथा हार्डवेयर विज्ञ हुनुहुन्छ । सुर्खेतको शहीद स्मारक आधारभुत विद्यालय र यज्ञपिस होम्स एकेडेमीमा ३ वर्ष शिक्षण पेशामा आवद्ध उहाँ लामो समयदेखि विभिन्न आध्यात्मिक तथा धार्मिक क्षेत्रहरुमा पनि आवद्ध हुनुहुन्छ । 

प्रतिकृया दिनुहोस

बाँकेका विद्यार्थीको पढाइ प्रभावित

नेपालगन्ज, ५ भदौ  एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

खोलाले बगाएर वडा सदस्यको मृत्यु

डडेल्धुरा, ५ भदौ ।  डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले

मध्यपश्चिमका बाढी प्रभावितलाई राहत वितरण

सुर्खेत,५ भदौ मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।