• शुक्रबार ८-२९-२०७४/ Friday 15-12-17
  • १०:१५

On Air : गृहसंसार

Up Next : बुलबुले हालखबर

मदन भण्डारीको सपना साकार हुने दिन आयोः प्रचण्ड

२८ कात्तिक, चितवन

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको सपना पूरा हुने दिन आएको बताएका छन् । चुनावी अभियानका क्रममा मदन भण्डारीको शव भेटिएको गाजीपुरमा रहेको मदनस्मृति उद्यानमा पुगेर मंगलबार उनले भण्डारीको स्मरण गर्दै भण्डारीले देखेको सपना अब पूरा हुने बताए ।

वाम गठबन्धनको मुख्य उद्देश्य देशको तीव्र आर्थिक विकास र सुशासनमार्फत समृद्धि हासिल गर्ने भएको बताउँदै उनले विकास र राष्ट्रको नेतृत्व गर्न आफ्नो उम्मेदवारी चितवनमा भएको स्पष्ट पारे ।

व्यापार, व्यवसाय गरेर जनतालाई पैसाको प्रलोभनमा पार्ने, जनतालाई रैती ठान्ने, भोक, रोग र गरिबीमाथि राजनीति गर्दै जनता झुक्याउने विरुद्ध खबरदारी गर्न जनसमुदायलाई आग्रह गर्दै उनले भने “केही उम्मेदवार पैसाको बलमा जनतालाई भ्रमित पार्ने खेलमा लागेको आफूलाई जानकारी आएको छ । तिनीहरुका पैसा खोसेर जनतालाई बाँड्नुपर्छ ।”

अबको पाँच वर्षमा चितवन विकास र सभ्यताको दृष्टिले देशकै नमूना जिल्ला बनाइछाड्ने दृढता व्यक्त गर्दै उनले विगतमा नभएको काम आफूले योजनाबद्ध ढंगले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

देउवालाई मोदीको सुझाव- सबै पक्षसँग सम्वाद जारी राख्नोस्

८ भदौ, भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजका सबै

नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर, के छ समझदारीमा??

८ भदौ, भारत र नेपालबीच आठ वटा समझदारीमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आठ सम्झौतामा हस्ताक्षर भएको छ। जसमध्ये

देउवाले एउटा गल्ती सच्याए तर अर्को गरे

९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अझै तीन दिन बाँकी छ । तर, भ्रमणको निष्कर्ष निकाल्न सकिने गरी ४६ बुँदे संयुक्त वक्तव्य