• शुक्रबार ८-२९-२०७४/ Friday 15-12-17
  • १०:१४

On Air : बुलबुले हालखबर

Up Next : गृहसंसार

कांग्रेसका पाँच शिर्ष नेता डेन्जर जोनमा, देउवादेखि पूर्णबहादुरसम्म सकसमा


 प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका पाँच शिर्ष तथा प्रभावशाली नेताहरु डेन्जर जोनमा फसेका छन् । संसदीय राजनीतिमा एक छत्र राज गर्दै लगातार एउटै निर्वाचन क्षेत्रबाट निर्वाचित हुँदै आएका कांग्रेसका प्रभावशाली नेताहरु आगमी निर्वाचनमा भने कठिन मोडमा पुगेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा २०४८ सालदेखि लगातार डडेल्धुराबाट निर्वाचित हुँदै आएका थिए । करिव २५ बर्ष लगातार बिजयी भएका देउवा बाम गठबन्धनका कारण डेन्जर जोनमा पुगेका छन् । स्थानीय तहको निर्वाचन परिणामलाई हुर्ने हो भने देउवा बाम गठबन्धनका उम्मेद्धार खगराज भट्टभन्दा ८ हजार मतले पछाडी देखिएका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पनि ऐतिहाँसिक चुनौतिमा परेका छन् । २०४८ सालदेखि गृहजिल्ला तनहुँबाट निर्वाचित हुँदै आएका पौडेललाई बामगठबन्धन र आफ्नै पार्टीका नेता गोविन्दराज जोशी प्रमुख चुनौति बनेका छन् । तनहुँ २ बाट निर्वाचित हुँदै आएका पौडेल यसपटक १ नम्वर क्षेत्रबाट उम्मेद्धार बनेका छन् ।

पौडेल प्रति नेपाली कांग्रेसकै कार्यकर्ता पनि असन्तुष्ट रहेका छन् । उम्मेद्धारी दर्ता देखि नै उत्साहित हुन नसकेका पौडेलले चुनाव जित्न प्रधानमन्त्रीको फण्डा जनतामा फालेका छन् । प्रधानमन्त्री बन्नका लागि भोट दिनोस भन्दै उनी मतदाताको पुग्न थालेका छन् । तरपनि उनको चुनावी प्रचार अभियान उत्साहित हुन सकेको छैन ।

कांग्रेस र कोइराला परिवारको विरासत जोगाउन बिराटनगरबाट चुनाव लडेका कांग्रेस नेता डा. शेखर कोइराला पनि संकटमा परेका छन् । उनलाई वामगठबन्धनका प्रभावशाली नेता तथा चर्तित पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले टक्कर दिएका छन् । पण्डितका पक्षमा जनमाहोल सिर्जन हुन थालेपछि कोइराला संकटमा परेका हुन् ।

त्यसैगरी नेपाली कांग्रेसको बर्तमान राजनीतिमा निकै प्रभाव जमाएका पूर्वमन्त्री एवं कांग्रेस नेता विमलेन्द्र निधि पनि संकटमा परेका छन् । उनलाई राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कडा टक्कर दिइरहेका छन् । धनुुषा ३ बाट दुवै नेता उम्मेद्धार बनेका छन् । दुवै नेताले जित्ने दावी गरेपनि निधिभन्दा महतो केही अगाडी देखिएका छन् ।

नेपाली कांग्रेसका पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का पनि सकसमा परेका छन् । सुर्खेत १ नम्वर क्षेत्रबाट लगातार बिजयी हुँदै आएका खड्कालाई यसपटक बामगठबन्धनको निकै ठुलो चुनौति रहेको छ । स्थानीय तहको निर्वाचन परिणामलाई हेर्ने हो भने खड्का झण्डै ७ हजार मतले पछाडी परेका छन् । बाम गठबन्धनबाट एमाले सुर्खेत जिल्ला कमिटीका अध्यक्ष ध्रुव शाही उम्मेद्धार बनेका छन् । युवाहरु माँझ निकै चर्तित शाहीले खड्काको विरासत ढाल्ने आँकलन गर्न थालिएको छ ।

प्रतिकृया दिनुहोस

देउवालाई मोदीको सुझाव- सबै पक्षसँग सम्वाद जारी राख्नोस्

८ भदौ, भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजका सबै

नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर, के छ समझदारीमा??

८ भदौ, भारत र नेपालबीच आठ वटा समझदारीमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आठ सम्झौतामा हस्ताक्षर भएको छ। जसमध्ये

देउवाले एउटा गल्ती सच्याए तर अर्को गरे

९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अझै तीन दिन बाँकी छ । तर, भ्रमणको निष्कर्ष निकाल्न सकिने गरी ४६ बुँदे संयुक्त वक्तव्य