• शुक्रबार ८-२९-२०७४/ Friday 15-12-17
  • १०:१३

On Air : बुलबुले हालखबर

Up Next : गृहसंसार

ओलीको बोली :चुनावपछी बामपन्थीको स्थीर सरकार

             
सुर्खेत,७ मंसिर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछी छिट्टै पाटी एकता हुने बताउनुभएको छ । नेकपा एमाले र नेकपा माओबादी केन्द्रको संयुक्त चुनावी आमसभालाइ सम्बोधन गर्दै ओलीले चुनाव अघिनै माओबादी केन्द्रसंग चुनावी एकता गर्ने भनेपनि केही प्राबिधीक समस्याले गर्दा चुनाव अगाडीनै पाटी एकता नभएपनि मंसिर २१ पछी चांडै पाटी एकता हुने बताउनुभयो । ओलीले पार्टी एकता गर्ने समय नभएर मात्र नेकपा माओवादी केन्द्र संग चुवानी तालमेल गरेको जानकारी गराउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले चुनाव सकीए लगतै नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता हुने र देशमा स्थीर सरकार हुने बताउनुभयो । ओलीले चुनाव पछीको सरकार एमाले र माओवादी केन्द्रको हुने बताउदै ५ वर्ष सम्म एउटै सरकार हुने पनी बताउनुभयो । 
बलीदानी पूर्वक निकै संघर्ष गरी जनताको हितमा ल्याईएको संविधान कार्यान्वयन तर्फ अब लाग्ने उहाले बताउनुभयो । साथै एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीले चुनाव पछी बन्ने वामगठबन्धनको सरकारले वृद्धवृद्धालाई महीनाको ५ हजारका दरले भत्ता दिने पनी दावी गर्नुभयो । 
यस्तै कार्यक्रमा माओवादी नेता रामबहादुर थापा बादलले अहिलेसम्म अस्थिर सरकार भएका कारण देशमा असमानता कायम रहेको भन्दै अब चुनाव पछी बन्ने सरकारले जनताको हितको लागी बन्ने बताउनुभयो । कार्यक्रममा जनमोर्चाका नेता बालकृष्ण सुनार लगाएत दर्जनौ नेता कार्यक्रता बामगठबन्धनमा प्रवेश गरेका छन् ।।
 

प्रतिकृया दिनुहोस

देउवालाई मोदीको सुझाव- सबै पक्षसँग सम्वाद जारी राख्नोस्

८ भदौ, भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजका सबै

नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर, के छ समझदारीमा??

८ भदौ, भारत र नेपालबीच आठ वटा समझदारीमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आठ सम्झौतामा हस्ताक्षर भएको छ। जसमध्ये

देउवाले एउटा गल्ती सच्याए तर अर्को गरे

९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अझै तीन दिन बाँकी छ । तर, भ्रमणको निष्कर्ष निकाल्न सकिने गरी ४६ बुँदे संयुक्त वक्तव्य