• शुक्रबार ८-२९-२०७४/ Friday 15-12-17
  • १०:१५

On Air : गृहसंसार

Up Next : बुलबुले हालखबर

रुकुममा जीप दुर्घटना, प्रहरी निरीक्षक नवदम्पतीसहित ७ को मृत्यु

९ मंसिर, रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ६ मा जीप दुर्घटना हुँदा प्रहरी निरीक्षक  नवदम्पतीसहित सात जनाको मृत्यु भएको छ ।

रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमका लागि छुटेको ग १ ज ४२६० नम्बरको स्कारपियो जीप मुसिकोट नगरपालिका ६ डाडीगाउँमा शुक्रबार साँझ दुर्घटना भएको हो । मृत्यु हुनेमा सिस्ने गाउँपालिका ६ का नविन श्रेष्ठ, उनकी श्रीमती अनिता प्रधान, मुसिकोट नगरपालिका १ का सुदन श्रेष्ठ, उनका बुवा शेरबहादुर श्रेष्ठ, जनक शाह, मुसिकोट नगरपालिका १ कि सूर्यखा शाह र त्रिवेणी गाउँपालिका १ की यमुना मल्ल छन् ।

मृतक  नविन  र अनिता प्रहरी निरीक्षक हुन् ।उनीहरू तीन दिनअघि बैबाहिक बन्धनमा बाँधिएका थिए  । बिहे सकेर काममा फर्किँदै गर्दा जिप सडकबाट करीब २०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

महोत्तरी संवाददाता विक्रम रौनियारका अनुसार,  अनिता जिल्ला प्रहरी कार्यालय महोत्तरी जलेश्वरमा कार्यरत थिइन् ।

सँगैका व्याजी रहेका रुकुम निवासी नवीन श्रेष्ठसँग मंसिर ५ गते विवाह भएको थियो ।

घाइतेको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी र स्थानीयले उद्धार गरी जिल्ला अस्पताल सल्ले लगेका छन् । दुर्घटनाको खबर पाएलगत्तै माओवादी प्रदेशसभा सदस्य उम्मेदवार गोपाल शर्मा नेतृत्वको टोली पनि उद्धारमा खटिएको थियो ।

प्रतिकृया दिनुहोस

प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा सप्तकोशी र लक्ष्मणपुर बाँध पनि ||

५ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा सप्तकोशी सम्झौता र लक्ष्मणपुर बाँधबारे भारतीय पक्षसँग छलफल गर्ने भएका छन् ।

विपक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी

कठमाडौँ, भदाै ५ राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसदलाई व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थित भई संसदमा पेश भएको संविधान संशोधन

मालपोत कार्यालयद्वारा एक करोड राजस्व संकलन 

जुम्ला ९ भदौ जिल्ला मालपोत कार्यालय जुम्लाले आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न शीर्षकबाट रु एक करोड सात लाख ८९ हजार राजस्व संकलन भएको छ ।  लिखत